Fast Nepal News

अभियन्ता नानु घलेद्वारा एनआरएनए कतारको महिला उपाध्यक्षमा उम्मेदवारी

banner single news

१ श्रावण,कतार-गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार (२०२१–२३) कार्यकालमा महिला संयोजकको पदीय जिम्मेवारी सम्हालीरहेकी घले मातृसस्था घले समाज कतारकी सल्लाहकार साथै लोकदोहोरी प्रतिष्ठान कतार शाखाका पुर्बउपाध्यक्ष तथा बर्तमान सल्लाहकारको भुमिकामा रहेकी छन् ।

सन् २०१४ मा कतार प्रवेश गर्नुअघि नेपालमा रहँदा समेत सामाजिक काममा सक्रिय भएर काम गरेकी थिइन् । तर, देशमा भनेजस्तो रोजगारीको अबसर नपाएपछि वैदेशिक रोजगारीका लागी कतार प्रवेश गरेकी थिइन् घले ।

कतारमा पनि निरन्तर रुपमा समाजिक कार्यमा सक्रिय रहेकी घले नारी मुक्ति र गणतन्त्र नेपाल स्थापनाका लागि एक उदाहरणीय पात्र समेत हुन् । गैरआवासीय नेपाली संघमा आबद्ध हुन अगाडि सामान्य श्रमिकको रूपमा कतारको एक प्रसिद्ध कम्पनीमा आवद्ध भएर सेक्युरिटी सर्भिसको कामको लागि हम्माद अन्तर्राष्ट्रिय विमानस्थल दोहामा कार्यरत थिइन्।

घलेको परिचय सामाजिक अभियन्ता तथा बैदेशिक रोजगार श्रमिकमा मात्रै सिमित भने छैन । २०५२ सालबाट सुरु भएको १० बर्षे जनयुद्धको एक सशक्त महिला जनमुक्ति सेना पनि हुन् उनी। बासु स्मृति ब्रीगेड नौ नम्बर बटालियन साथै मेडिकल डिपार्टमेन्टमा समेत कुशल जिम्मेवारी निर्वाह गरेकी घले २०६२÷०६३ सालको जनआन्दोलनसगै तत्कालीन नेकपा माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि स्वेच्छिक अबकास रोजेकी हुन् ।

Inside Article Ads

नेपाली सेनामा समायोजन हुने अबसर त्याग्दै केहीबर्ष सोही पार्टीको वाइसीएल बिभागमा जिम्मेवारी लिएर चितवन कार्यक्षेत्रमा खटिइन् र महिला बिभागमार्फत नेतृत्व तहमा समेत काम गर्दै राजनैतिक परिचय समेत बनाएकी छन् नानुले । पार्टीभित्र उनी सुरक्षा नामले चिनिन्थिन् ।

बिगत नौ बर्षदेखि कतारमा कार्यरत घले वैदेशिक रोजगारीका लागि कतार आएर श्रमिक जीवनसगै विभिन्न समस्यामा परेका पीडित महिला श्रमिकहरुको लागि निरन्तर लडिरहेकी छन् । पीडित दिदिबहिनी हरुलाई उद्वार पहल गर्ने देखि आफूसगै राखेर सकुशल स्वदेश फर्काउने काममा समेत सक्रिय रहेकी घले एनआरएनए राष्ट्रिय समन्वय परिषद् कतारमा हाल महिला संयोजकको भूमिका निर्वाह गरिरहेकी छन् ।

कार्यकाल सकिन केही हप्ता मात्रै बाँकी रहदा सामाजिक अभियानलाई अझै प्रभावकारी बनाउन घलेले गैरआबसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल (२०२३–२५) का लागि महिला उपाध्यक्ष पदमा शशक्त दाबी रहने बताउँदै आएकी छन् ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.