Fast Nepal News

नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा चन्द्र ढकाल विजयी

banner single news

काठमाडौं, १४ मंसिर – नेपाल उद्योग वाणिज्य संघको उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । प्यानलसहित मैदान उत्रिएका किशोर प्रधानलाई पराजित गर्दै ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । शेखर गोल्छापछि महासंघको नेतृत्व अब ढकालले गर्ने निश्चित भएको छ ।

आइतबार बिहानका राति सार्वजनिक भएको मतपरिणाम अनुसार विजयी भएका ढकालले एसोसिएटमा ५२२, वस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएका छन् । उनका प्रतिस्पर्धी प्रधानले भने एसोसिएटमा ३७५, वस्तुगतमा ३९ र जिल्ला– नगरमा ५३ मत पाए ।

Inside Article Ads

महासंघ चुनावमा वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित कुल ६३ पदका लागि १२७ उम्मेदवार चुनावी मैदानमा थिए । शनिबार सार्वजनिक मतपरिणाम अनुसार एसोसिएट्स तर्फ ढकाल पक्षका रामचन्द्र संघइ निर्वाचित भएका छन् । वस्तुगततर्फको उपाध्यक्षमा प्रधान पक्षका अञ्जन श्रेष्ठ र जिल्ला–नगरतर्फ दिनेश श्रेष्ठ विजयी भएका छन् ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.