
गणेशमान शाह /समाचार लेखक
२५ असार , काठमाडौँ-बैतडीको तल्लो स्वराड क्षेत्र पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली –पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका–७, स्वाखानी भन्ने स्थानमा सोमबार दिउँसो १ बजेतिर लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परि तीन दर्जन बढी यात्रु घाईते भएका छन् ।

दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्याइसकिएको प्रहरीले जनाएको छ । ७ जनाको अवस्था गम्भिर रहेको छ ।
बस सडकबाट अन्दाजी सय मिटर तल खसेर रुखमा अड्किएको छ । बसमा कतिजना सवार थिए भन्ने अझै एकिन हुन सकेको छैन ।
