Fast Nepal News

सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई समाप्त पार्ने कोसिस गरिरहेको छ : प्रदीप ज्ञवाली

banner single news

१७ असार,काठमाडौँ-प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का कार्यबाहक महासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य बिमा कार्यक्रम समाप्त पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेले श्रमजीवी जनताको उपचारमा सहज हुने गरी ल्याएको सो कार्यक्रम वर्तमान सरकारले समाप्त पार्ने षडयन्त्र गरिरहेको बताए।

Inside Article Ads

ज्ञवालीले ३९६ वटा स्थानीय तहमा एकसाथ आधारभूत अस्पताल खोल्ने आफ्नो पार्टी नेतृत्वको सरकारको कामलाई पनि वर्तमान सरकारले बजेट नदिएर अलपत्र पारेको जिकिर गरे।

समाचार नयाँ पत्रिकामा प्रकाशित छ।

 

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.