
१६ असार,काठमाडौँ-२८ घण्टापछि खुलेको नारायणगढ –मुग्लिङ सडकखण्ड पुन: अवरुद्ध भएकाे छ । सुक्खा पहिरो खसेर बिहीबारदेखि अवरुद्ध नारायणगढ–मुग्लिङ सडकखण्ड २८ घन्टापछि शुक्रबार साँझ ५ बजे सञ्चालनमा आएको थियो ।
शनिबार बिहान ३ बजेतिर पुनः पहिरो खसेपछि अहिले बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बाटो खुलाउने काम भइरहेको र कुनै समस्या नभए दुई घण्टामा बाटो खुल्ने प्रहरीको भनाइ छ।
समाचार नयाँ पत्रिकामा प्रकाशित छ।
