Fast Nepal News

साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडका सञ्चालक कीर्ति कुमार जोशीको निधन

banner single news

काठमाडौं, मङ्सिर ११ – साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडका सञ्चालक समिती सदस्य कीर्ति कुमार जोशीको ७५ वर्षको उमेरमा मंगलबार निधन भएको छ । जोशीको मंगलबार कमलपोखरी स्थित हिमाल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।

मस्तिष्कघातका कारण उनको निधन भएको हो । उनले साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेड अन्तरगतको खाद्य उद्योग लिमिटेड, वनस्पति घ्यु उद्योग लिमिटेडमा सञ्चालक रही काम गरेका थिए । जोशीको निधनको खबरले कर्पोरेसन परिवारलाई दुःखी बनाएको र एक कुशल सञ्चालक गुमाएको कर्पोरेशनले जनाएको छ ।

Inside Article Ads

साथै, कर्पोरेशनले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत व्यक्त गरेको छ । किर्तीकुमार जोशी साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडका संस्थापक लोकनाथ जोशीका नाति हुन । स्वर्गिय कीर्ति कुमार जोशीका श्रीमती र दुई जना छोराहरु छन् ।

Visited 2 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.