Fast Nepal News

नेपालको अग्रणी व्युटि शैलुन फेसियल हाउसले भोटेकोशीमा गर्यो र्याफ्टिङ कार्यक्रम

banner single news

काठमाडौं । नेपालको अग्रणी व्युटि शैलुन फेसियल हाउसले भोटेकोशीमा र्याफ्टिङ कार्यक्रम सम्पन्न गरेको छ । फेसियल हाउसले कर्पोरेट मिडिया ग्रुपसँगको सहकार्यमा असार ०८ गते शुक्रबार र्याफ्टिङ कार्यक्रम सम्पन्न गरेको हो । फेसियल हाउसकी प्रबन्ध निर्देशक बरिष्ठ सौन्दर्यविद् सुस्मा महरा शाह, कर्पोरेट मिडियाका कार्यकारी अध्यक्ष उज्जवल जंग शाह, टेलिभिजन कार्यक्रम प्रस्तोता एवम् निर्देशक समेत रहेका कर्पोरेटका पूर्व सम्पादक सरोज ओझा, कर्पोरेटकर्मी, फेसियल हाउसका कर्मचारी, प्रशिक्षार्थी, लगायत करिब ४० जना र्याफ्टिङमा सहभागी थिए । ५ वटा डुङ्गामा सवार टोलीले सुकुटे स्थित भोटेकोशी खण्डमा करिब ६ किलोमिटर जलविहार गरेको थियो ।

सो अवसरमा र्याफ्टिङ कार्यक्रम आयोजना गर्नुको उदेश्य ताजगी र साहसी खेलको मज्जा दिलाउनु रहेको जानकारी दिदै जलविहार सकुशल सम्पन्न भएकामा महराले खुशी व्यक्त गरिन ।त्यस्तै संचारकर्मीद्वय शाह र ओझाले वहावयुक्त भोटेकोशीमा आयोजित जलविहारबाट चरम आनन्द मिलेको प्रतिकृया दिए ।

Inside Article Ads

फेसियल हाउसको काठमाडौंसहित देशका प्रमुख शहरमा शाखा कार्यालय रहेका छन् । काठमाडौं महलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसको सिटिसि मल, सुन्धारा, केएल टावर, चावहिल,पोखरा, सुर्खेत र धनगढी गरि कुल ७ शाखा कार्यालय रहेको छ । करिब तीनसय हाराहारीमा रोजगारी दिदैं आएकाे फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप,माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा प्रवाह गर्दै आएको छ ।

Visited 17 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.