Fast Nepal News

एनआरएनए युएईको निर्वाचन संयोजकमा रमेश श्रेष्ठ

banner single news

युएई,गैरआवासीय नेपाली संघ एनआरएनए युएईको आइतवार दुबईको अल रायन होटलमा बसेको राष्ट्रिय समन्वय परिषद बैठकले सर्वसम्मतले निर्वाचन समिती गठन गरेको छ । आगामी २०२३-२५ कार्यकालको निर्वाचनको लागी निर्वाचन समितिको संयोजकमा संघका पुर्व अध्यक्ष एबं हालका प्रमुख संरक्षक रमेश श्रेष्ठलाई नियुक्ति गरिएको छ । समितिका अन्य सदस्यहरुमा एनआरएनए युएईका पुर्व अध्यक्ष सुदीप कार्की र एनआरएनए युएईका पुर्व महासचिव एबं बोर्ड मेम्बर कृष्ण पौडेल रहेका छन । उक्त निर्वाचन समिति गठन गरेर एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुङ्गाना र महासचिव दीपक खड्काले निर्वाचन प्रमुख रमेश श्रेष्ठलाई पत्र हस्तांतरण गरेका छन ।

गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष ढुङ्गानाले एनसिसि बैठकले संघको २०२३-२५ कार्यकालको अधिवेसनका लागी निर्वाचन समिती गठन गरिएको बताए । संघका अध्यक्ष ढुङ्गानाको अध्यक्षतामा बसेको उक्त बैठकले सदस्यता आबेदनको अन्तिम मिती जुन २६ सम्म निर्धारण गरेको छ भने संघको अधिवेशन र संघको २०२३-२५ को कार्यसमितीको निर्वाचनको मिती छिट्टै घोषणा गर्ने निर्णय गरेको छ । एनआरएनए युएईले निर्वाचन समिती गठन गरि निर्वाचन संयोजकमा रमेश श्रेष्ठलाई जिम्मेवारी दिएपछि पुर्व अध्यक्ष श्रेष्ठले आफूलाई योग्य सम्झी उक्त जिम्मेवारी दिएकोमा एनआरएनए एनसिसि युएईको कार्यसमितिलाई धन्यवाद ब्यक्त गर्दै निस्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउने बताए ।

Inside Article Ads

पुर्व अध्यक्ष श्रेष्ठलाई निर्वाचन प्रमुखको जिम्मेवारी दिएकोमा एनआरएनए युएईका कार्यसमिती र युएईमा रहेका अन्य नेपाली संघ सँस्थाहरु पनि योग्य ब्यक्तिलाई उपयुक्त जिम्मेवारी दिएकोमा खुशी रहेका छन । पुर्व अध्यक्ष श्रेष्ठले आफू अध्यक्ष भएको बेला एनआरएनए युएईलाई तेहिको कानुन अनुसार नेपाल एसोसियसनको नाममा दर्ता गराएका थिए । हाल एनआरएनए युएई र नेपाल एसोसियसन एउटै सँस्था बनाइएको छ ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.