Fast Nepal News

ओमानमा हुने एनआरएनए मध्यपुर्व सम्मेलनमा कुनैपनि रजिष्ट्रेशन शुल्क र आर्थिक सहयोग नलिने निर्णय

banner single news

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिटेन्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने मुल नारासहित आगामी जुन २८ देखि ३० तारिखसम्म ओमानको राजधानी मस्कटमा होटल मस्कट होलिडेमा हुने भएको छ । गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रको मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद ओमानको आतिथ्यतामा ओमानको मस्कटस्थित होटेल मस्कट होलिडेमा सम्मेलन हुन लागेको हो ।

नेपाल सरकारका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, सामाजिक सुरक्षा र बैदेशिक रोजगार बोर्डका कार्यकारी अधिकृत, नेपाल उधोग वाणिज्य महासंघका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधी, विभिन्न संचारमाध्यमका पत्रकारहरु लगायतको उपस्थिति रहने आयोजकले जानकारी दिएका छन । मध्यपुर्व क्षेत्रीय भेला ऐतिहाँसिक र अन्य भेलाभन्दा फरक हुने आयोजकले बताएका छन । सम्मेलनमा विश्वका विभिन्न देशबाट आउने अतिथि तथा सहभागीका लागि कुनै पनि रजिष्ट्रेशन शुल्क र आर्थिक सहयोग नलिने निर्णय मध्यपुर्वले गरेको छ । एनआरएनएको क्षेत्रीय सम्मेलन तथा भेलाहरुमा रजिष्ट्रेशन शुल्क र आर्थिक सहयोग उठाएर कार्यक्रम गर्ने प्रचलनलाई मध्यपुर्वले पहिलो पटक तोड्न लागेको हो । यस कार्यको विश्वमा रहेका गैरआवासीय नेपालीहरुले प्रशंशा गरेका छन ।

एनआरएनए मध्यपुर्व संयोजक मनोज गोर्खालीले सम्मेलनमा सहभागी हुन आउने पाहुनाबाट कुनै शुल्क नलिने र स्पोन्सर पनि नलिने निर्णय भएको बताए । संयोजक गोर्खालीले ‘अतिथि देवो भव’ भन्ने स्लोगन राखेर हामीले अन्य क्षेत्रबाट आउने अतिथी र डेलिगेट्सहरुसँग १ रुपैया पनि पैसा लिदैनौ र अन्य रिजनबाट हामीले कुनै स्पोन्सर पनि नलिने बताए । तर अन्य क्षेत्रबाट सहभागी हुनेले आउने हवाई टिकट र होटलको व्यवस्था आफैले गर्नुपर्ने आयोजकले बताएको छ ।

मध्यपुर्व क्षेत्रबाट सहभागि हुनेका लागि भने आयोजक भएकाले निश्चित शुल्क तोकिएको आयोजकको भनाई छ । एनआरएनएका अध्यक्ष कुल आचार्यले मध्यपूर्वले मात्रै सबै खर्च गरेर बाहिरबाट आउने पाहुनाहरुलाई सम्मान र स्वागत गर्ने निर्णयले मध्यपुर्वको एकता,संकल्प र काम गर्ने तीब्र इच्छा शक्ति देखाएको बताएका छन । आचार्यले मध्यपूर्वका साथीहरु एकजुट भएर पाहुनाहरुलाई सम्मान गर्दै कुनै शुल्क र स्पोन्सर नलिने निर्णय गर्नुभयो यस्ले संसारका गैरआवासीय नेपालीहरुलाई पाठ सिकाउने बताए । आचार्यले मध्यपुर्व क्षेत्रलाई हार्दिक बधाई दिदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे । एनआरएनएका कार्यकारी अध्यक्ष बद्री केसीले समेत मध्यपुर्वले गरेको निर्णयको स्वागत गरेका छन । मध्यपुर्वले सम्मेलनको खर्च आफै जुटाएर गर्ने ठुलो उदाहरण प्रस्तुत गरेर मुहार नै फेरेको संज्ञा केसीले दिएका छन । केसीले मध्यपुर्वले पठाएको रेमिटेन्सबाट देशको अर्थतन्त्र चलेको भन्दै मध्यपुर्वको एकताबाट सम्मेलन गर्न नसक्ने प्रश्नै नरहेको बताएका छन ।

मुख्यतया सम्मेलनले मध्यपूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा उनीहरुको योगदान, वैदेशिक रोजगारीको सामाजिक र पारिवारिक प्रभाव, सुरक्षित आप्रवासन, नीति तथा कार्यान्वयन, मध्यपूर्वमा कार्यरत श्रमिक र उनीहरुको परिवारको मानसिक तथा शारीरिक स्वास्थ्यका विषयमा छलफल गर्ने जनाइएको छ । त्यसैगरी मध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालिम, पुनःएकीकरण, अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिटेन्सको सही लगानी लगायतका मुख्य एजेन्डामा छलफल हुने जानकारी दिइएको छ ।

Inside Article Ads

सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली माझ स्थानीय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेलजीवन बिताउनु परेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका लागि सुझाव दिने एनआरएनएका उपाध्यक्ष आरके शर्माले बताए । शर्माले मध्यपूर्व क्षेत्रले अहिले एउटा ठुलो चुनौती मोलेर नया उदाहरण दिएको बताए । उनले २० लाखभन्दा बढी श्रमिक रहेको मध्यपूर्व सम्मेलनमा सरकारको उप प्रधानमन्त्री सहित दुई जना मन्त्रीहरु आउनु सुखद भएको बताए ।

वैदेशिक रोजगारीमा जाने नेपालीको जनचेतना वृद्धि र विदेशमा सिकेका ज्ञान तथा सीपलाई मातृभूमिमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि सम्मेलनमा छलफल हुने एनआरएनएका युवा उपाध्यक्ष राज रेग्मीले बताए । रेग्मीले उक्त कार्यक्रम अन्य क्षेत्रको भन्दा फरक हुने बताए । । विदेशस्थित नेपाली नियोगमार्फत विदेशमा श्रम स्वीकृति एवं अनुगमनको व्यवस्था, श्रम स्वीकृति कार्यान्वयन, श्रम सीप बैंकको स्थापना, कामदार र सरकारी निकायबीच समन्वय, वैदेशिक रोजगारीमा गएकाको लागि सञ्चयकोषको व्यवस्था गर्न यस सम्मेलनले नेपाल सरकारको ध्यानाकर्षण गराउनेछ । सम्मेलनमा गैरआवासीय नेपाली समुदायको आवाज उठाउने र उनीहरूका समस्याहरूको समाधानका लागि नेपाल सरकारसँग संवाद स्थापित गर्ने उद्देश्यले राखिएको महिला उपाध्यक्ष यसमिन बेगम सैयदले जानकारी दिइन् ।

श्रमिकका मुद्दा सम्बोधनका लागि नेपाल सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गर्न लागिएको यो सम्मेलन पूर्णतः श्रमिक केन्द्रित हुने भएकोले उनीहरुका अभिव्यक्ति, अनुभव र विचार व्यक्त गर्ने अवसर समेत प्रदान गर्ने मध्यपुर्व संयोजक राजेन्द्र अर्याल ९जोन० बताए । सम्मेलनमा मध्यपूर्वसहित विभिन्न मुलुकका करीब ५०० जना प्रतिनिधिको सहभागिता रहने अनुमान आयोजकको छ । उक्त सम्मेलनको घोषणाका लागी आयोजित पत्रकार सम्मेलनमा एनआरएनए अध्यक्ष बद्री केसी, कुल आचार्य, उपाध्यक्ष डिबि क्षेत्री,आरके शर्मा, नरेन्द्र भाट,महेश श्रेष्ठ, युवा उपाध्यक्ष राज रेग्मी,महिला उपाध्यक्ष यसमीन बेगम सैयद, सचिव प्रविन गुरुङ, युवा संयोजक अब्दुल वासिद, सहकोषाध्यक्ष होमनाथ शर्मा, एनसीसी ओमानका अध्यक्ष विकल झा,एनसिसि कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान,एनसिसि युएईका अध्यक्ष ठाकुर ढुङ्गानालगायतले मध्यपुर्व सम्मेलन सफल बनाउने प्रतिवद्धता जनाएका थिए । उक्त कार्यक्रमको सभापतित्व मध्यपुर्व संयोजक गोर्खालीले गरेका थिए भने कार्यक्रमको संचालन अत्यन्त आकर्षक तवरले अर्का मध्यपुर्व संयोजक अर्यालले संचालन गरेका थिए ।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.