Fast Nepal News

सार्वजनिक यातायातलाई व्यवस्थित गर्न थप नयाँ नियम

banner single news

२८ जेठ, काठमाडौँ – सरकारले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न नयाँ नियम ल्याएसँगै सार्वजनिक सवारी सञ्चालन गर्ने व्यवसायीहरुका संघसंस्थाले तयारी अगाडि बढाएका छन् ।

असार १ गतेदेखि मध्यम तथा लामो दुरीमा चल्ने सवारीको लागि सन्देशमूलक अडियो बजाउनुपर्ने, ठूलो आवाजमा संगित बजाउन नपाइने, सवारी चालक तथा सहचालकहरुको कम्तीमा तीन महिनामा एकपटक स्वास्थ्य परीक्षण गराउनुपर्ने लगायतका नियम लागु गर्न तयारी अगाडी बढाएका हुन् ।

त्यसका लागि सवारी साधनमा थप्नु पर्ने सुविधाचालक, सहचालकलाइ दिनुपर्ने तालिम दिन ब्यवसायी ब्यस्त छन् । सवारी साधनमा काम गर्ने कर्मचारी मात्र होइन टिकट काउण्टरमा काम गर्ने कर्मचारीहरुले यात्रीसँग बोल्ने शैली र व्यवहार सुधार गर्न व्यवसायीहरुले तयारी थालेका छन् ।

यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०६० संशोधन गरी सार्वजनिक सवारीलाइ व्यवस्थित बनाउन चालक र सहचालकले यात्रीसँग नम्र, शिष्ट तथा भद्र बोली व्यवहार गर्नुपर्ने र अनावश्यक कुरा गर्न नपाइने जस्ता नियमहरु टिकट काट्ने ठाउँमा र सवारी भित्रै टास्न थालेका छन् ।

यतिमात्र नभएर चालक र सहचालकलाइ समय समयमा यी विषयमा सचेत गराइने ब्यवसायीहरुको भनाइ छ । असार १ गतेदेखि सरकारले तोकेको मापदण्ड र सुविधा दिनु पर्ने भएपछि व्यवसायीहरुको व्यस्तता बढेको छ ।

Inside Article Ads

आफ्नो सवारी साधन सफा राखी यात्रीको स्वास्थ्यमा ख्याल पुर्याउनुपर्ने, ठुलो आवाजमा ध्वनी प्रदुषण हुनेगरी संगित बजाउन नपाइने, लामो तथा मध्यम दुरीका सवारीले खाना खान रोक्दा स्वस्थ खानेकुरा र शौचालय राम्रो भएको ठाउँमा मात्र रोक्न पाउने जस्ता नियम उल्लेख गरिएकोले पूर्णरुपमा कार्यान्वयनमा ल्याउन लागिपरेको नेपाल यातायात व्यवसायि राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वारले बताउनुभयो ।

चालक र सहचालकले पहिचान खुल्ने गरी अनिवार्य रुपमा पोशाक लगाउनु पर्ने र कम्पनीले दिएको परिचयपत्र लगाउने ब्यवस्था गर्न सरकारले ब्यवसायीहरुलाइ निर्देशन दिएको छ ।

लामो रुटका सार्वजनिक सवारीमा चालक र सहचालकले अभद्र व्यवहार गर्ने, यात्रुले पनि सरसफाइ लगायतका विषयमा ध्यान नदिँदा सार्वजनिक सवारी साधन व्यवस्थित हुन नसकेको भनाइ सर्वसाधारणको छ । असार १ गतेदेखि सार्वजनिक सवारीमा यी नियमहरु टाँसीसकेपछि निगरानी अगाडी बढाउने महासंघले जनाएको छ ।

समाचार नेपाल टेलिभिजनको अनलाईन पोर्टलमा प्रकाशित छ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.