Fast Nepal News

प्रधानमन्त्रीको भारत भम्रण तीन कारणले ऐतिहासिक र उपलब्धिमूलक

banner single news

१९ जेठ,काठमाडौँ – प्रधानमन्त्रीको भारत भम्रण तीन कारणले ऐतिहासिक र उपलब्धिमूलक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन कारणले भ्रमण ऐतिहासिक भएको बताउनुभएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकारसँग भेटवार्ता गर्दै भारत भम्रण तीन कारणले ऐतिहासिक र उपलब्धिमूलक रहेको बताउनुभएको हो।

नेपालको दीर्घकालीन ऊर्जा व्यापार सम्झौता धेरै नेपालीको चाहना पुरा भएको बताउदैँ प्रधानमन्त्रीले भारतसँग दीर्घकालीन ऊर्जा व्यापार दुई देशको सम्बन्धमा पछिल्लो ब्रेक थ्रु भएको प्रधानमन्त्रीले बताउनुभयो।बंगलादेश–भारत–नेपाल त्रिपक्षीय विद्युत् व्यापारमा भएको समझदारी भारत भम्रणको पहिलो महत्वपूर्ण उपलब्धिका रूपमा रहेको प्रधानमन्त्रीको भनाई थियो। भारतले नेपाललाई हवाई प्रवेश रुट नेपालगन्ज दिन सकारात्मक जवाफ दिएको बताँउदै प्रधानमन्त्री प्रचण्डले यो भारत भम्रणको दोस्रो महत्वपूर्ण उपलब्धिका रूपमा रहेको प्रधानमन्त्रीले बताउनुभयो ।

Inside Article Ads

सीमा समस्या समाधान गर्नुपर्छ भन्नेमा भारतका प्रधानमन्त्री मोदीले नै जोड दिएको विषय तेस्रो उपलब्धिका रूपमा रहेको प्रधानमन्त्रीले धारणा सार्वजनिक गर्नुभयो।भारतभ्रमण ऐतिहासिक र उपलब्धिमूलक रहेको विषयमा प्रधानमन्त्रीले आफ्नो महत्वपूर्ण धारणा सार्वजनिक गर्नुभयो।

Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.