Fast Nepal News

‘भारत गौरव’ सम्मा चार नेपानद्वाराली सम्मानित

banner single news

लखनऊ—जेष्ठ १५, २०८०।

भारतमा चार नेपाली ‘भारत गौरव सम्मान, २०२३’ बाट सम्मानित भएका छन्। सम्मानित हुनेहरुमा पत्रकार सरोज ओझा, समाजसेवी सुशिला थापा र कलाकारद्वय नितु कोईराला र बिनोद ढकाल रहेका छन्। उनीहरुलाई विश्व मानव अधिकार परिषदले उक्त सम्मानबाट विभुषित गरेको हो। जेष्ठ १४ गते लखनऊ स्थित उर्दु एकेडेमी सभाहलमा आयोजित कार्यक्रममा भारतस्थित विभिन्न राज्य एवं नेपाललगायत बिभिन्न मुलुकका नागरिकहरुलाई सम्मान प्रदान गरिएको थियो।

Inside Article Ads

सो अवसरमा उच्च प्रहरी अधिकारी, सामाजिक अभियान्ता, पत्रकार, कलाकार, चिकित्सक लगायतलाई मेडल, प्रमाणपत्र एवं ट्रफीबाट सम्मानित गरियो। जसमा कास्मीरका आईजिपी कार्फ एम.एस भाटिया, आईपिएस डि.आई.जी सभाराज, सुजित कुमार सिंह, आईपिएस अफिसरहरु सिमआ नावी, तनुश्रीलाई लाईफटाईम एचिवमेन्ट अवार्ड समर्पण गरिएको थियो।

भारतमा प्रसिद्दि कमाएका टिभी आर्टिस्ट रेखा शर्मा, सामाजिक अभियान्ता एवं कलाकार ममता राजपुत, टप न्युजकी निधी सिंहलगयतले उक्त अवार्ड प्राप्त गरेका छन। विश्व मानवाधिकार परिषदका अध्यक्ष डा. एम. आर. अन्सारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अनवासल हक, राम अकवाल, बहादुर सिंह लगायतको उपस्थिति रहेको थियो।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.