Fast Nepal News

सचेतना गौरव सम्मानका लागि ३ सदस्यीय छनौट एवं सिफारिस समिति गठन

banner single news

९ जेठ,काठमाण्डौं – टेलिभिजन कार्यक्रम सचेतना १५ वर्ष पुरा भएको उपलक्ष्यमा सचेतना गौरव सम्मान कार्यक्रम आयोजना गर्ने तयारीमा रहेको ग्लोरी मिडिया प्रा. लि. ले नेपाल टेलिभिजन समाचार महाशाखाका पूर्व प्रमुख महाप्रसाद लामिछाने, नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष शिव खड्का र सेफर्ड कलेजकी प्राचार्य कविता शर्मा सम्मिलित ३ सदस्यीय छनौट एवं सिफारिस समिति गठन गरेको छ । स्थापना दिवसको अवसरमा जेष्ठ ०७ गते सचेतना गौरव सम्मान कार्यक्रम आयोजना गर्ने घोषणा गरेको ग्लोरीले ०८ गते ३ सदस्यीय छनौट एवं सिफारिस समिति गठन गरेको हो । मिडियाले प्रेस विज्ञप्ति जारी गर्दै सचेतना दर्पण स्मारिका प्रकाशनसहित सचेतना गौरव सम्मान कार्यक्रम आयोजना गर्ने बारे जानकारी गराएको छ ।

मिडियाका अध्यक्ष सरोज ओझाले सचेतना गौरव सम्मान कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिदै भने ‘विगतमा एनटिभी प्लस, नेपाल टेलिभिजन हुँदै हाल एनटिभी न्युजमा हामीले प्रस्तुत गर्दै आएको टेलिभिजन कार्यक्रम सचेतना प्रसारणको १५ बर्ष पुरा भएको उपलक्ष्यमा सचेतना दर्पण स्मारिका र सचेतना गौरव सम्मान कार्यक्रम आयोजना गर्ने तयारीमा हामी जुटेका छौं, हाल कार्यक्रममा अन्तर्वाता दिनुहुने व्यक्तित्वहरुको विवरण संकलन गरि प्रोफाईल तयार गर्ने काम जारी छ, प्रकाशन संबन्धि काम सम्पन्न भए लगत्तै कार्यक्रमको मिति तयगरि कार्यक्रम आयोजना गर्नेछौं’।

Inside Article Ads

ग्लोरी मिडिया प्रा लि २०६७ साल जेष्ठ महिनामा कंपनी रजिष्टारको कार्यालयमा विधिव्त रुपमा दर्ता भई निर्वाध रुपमा संचालनमा आईरहेको छ । कामपा २८ स्थित बागबजारमा अवस्थित ग्लोरी मिडिया नेपाल टेलिभिजनको आधिकारिक एजेन्सी पनि हो । ग्लोरी मिडियाले हाल सचेतना नामक कार्यक्रम एनटिभि न्यूज च्यानलमा प्रसारण गर्दै आएको छ भने विगतमा बाल कार्यक्रम बाल आवाज, शान्ति संबन्धी आदर्श परिवार, कुकिंग रियालिटी शो कलेज सेफ आईकन र हाँस्य टेलि श्रृंखला कुरा मात्र भो उत्पादन गरि प्रसारण गरेको छ । हालसम्ममा ग्लोरीले १०० भन्दा बढिको संख्यामा वृत्तचित्र, करिब २० वटा टि भि सि एवं रेडियो जिंगल, १५० भन्दा बढिको संख्यामा श्रव्यदृश्य रिर्पोट निर्माण गरिसकेको जनाएको छ ।

Visited 16 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.