Fast Nepal News

असार महिनाभित्र चाहिने परिमाणमै रासायनिक मल उपलब्ध गराउने गरी मल ल्याउने प्रक्रिया सरकार

banner single news

काठमाडौं । यो वर्ष शैक्षिक सत्र सुरु हुनअगावै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुगेको छ । विगतमा समयमै विद्यालयका पाठ्यपुस्तक पुग्दैनथे। शैक्षिक सत्र आधा हुँदा समेत जिल्लाजिल्लाबाट पाठ्यपुस्तक नभएको गुनासा आउने गरेका थिए। प्रचण्डले आफु प्रधानमन्त्रीमा सत्तासिन हुने वित्तिकै बेलैमा पाठय पुस्तक छपाउन निर्देशन दिए । यसमा सरकारले स्याबासी पनि पायो। फलत: यो बर्ष वर्ष शैक्षिक सत्र सुरु हुनअगावै पाठ्यपुस्तक विद्यार्थीको हातहातमा पुर्याउन सकियो । त्यसबाट हौसिएको सरकारले सधैँ किसानको गुनासो रहने रासायनिक मल पनि समयमै उपलब्ध गराउने तयारीमा जुटेको छ। विवाद आएपनि सरकारले मल आयातको थालनी पनि गरिसकेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यो वर्ष मल अभाव हुन नदिन र असार महिनाभित्र चाहिने परिमाणमै रासायनिक मल उपलब्ध गराउने गरी काम गर्न खोजिरहेको छ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारी भन्छन्, ‘प्रधानमन्त्री पष्पकमल दाहाल प्रचण्डले कृषि र पशुपन्छी विकास मन्त्रालय सम्हालेको समयदेखि नै रासायनिक मलको बारेमा चिन्ता थियो। जसअनुसार प्रक्रिया सुरु समेत गरिएको छ।’

प्रधानमन्त्रीको चाहना अनुसार नै अर्थ मन्त्रालय र कृषि र पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएर मल ल्याउने प्रक्रिया सुरु गरिएको हो।

कहाँ पुग्यो मल ल्याउने प्रक्रिया ?

चालू आर्थिक वर्ष २०७९र८० को लागि कृषि मन्त्रालयले न्यूनतम ५ लाख २० हजार मेट्रिकटन मल आवश्यक पर्ने प्रक्षेपण गरेको छ। सोही अनुसार सरकारले आयातको प्रक्रिया थालनी गरेको हो। मन्त्रालयले खरिद योजना बनाई कार्यान्वयन सुरु गरेको छ। यसमा प्रधानमन्त्रीले नीतिगत सहयोग गरेको ती अधिकारी बताउँछन्।

समयमा मल उपलब्ध गराउन कृषि सामग्री कम्पनी लिमिटेडलाई नै पूर्ण जिम्मेवारी दिँदा आउन समय लाग्ने देखिएकोले मल आयात गरिरहेको अर्को संस्था साल्ट ट्रेडिङ कर्पोरेसनलाई कोटा बढाईएको छ । कर्पोरेसनले विगतमा छिटो मल ल्याएकोले कोटा बढाईएको हो ।

प्रधानमन्त्री कार्यालयले गरेको अध्ययन अनुसार यसअघि मल आयात गरिरहेको कृषि सामग्री कम्पनी लिमिटेडले अन्तर्राष्ट्रिय बजारबाट रासायनिक मल आपूर्तिको औसत समय टेन्डर आव्हान भएको दिनदेखि गोदामसम्म आइपुग्न करिब २२६ दिनको रहेको देखिएको थियो।

Inside Article Ads

साल्ट ट्रेडिङले आफ्नो नियमावली र निर्देशिका अनुसार गर्ने भएकोले यो अवधि तुलनात्मक रुपमा केही छोटो पाइएको प्रधानमन्त्री कार्यालयले मूल्याङ्कन गरेको छ ।

असारसम्मलाई अर्थात् धान खेतमा प्रयोग गर्न कति मल आवश्यक हुन्छ भन्नेसम्मको सरकारले अध्ययन गरेको थियो । कृषि मन्त्रालयबाट भएको अध्ययन अनुसार असार थप ९० हजार मेट्रिक टन मल असार महिनालाई चाहिने देखिन्छ ।जुन प्रक्रियामा रहेको परिणाम बाहेकको हो । त्यसका लागि अर्थ मन्त्रालयको मिति २०७९ फाल्गुण ०८ को पत्रानुसार चालु आवको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजित रकमबाट रकमान्तर, आगामी आर्थिक वर्षको सिलिङ र दायित्व सिर्जना भएपश्चात थप निकासाका लागि अर्थ मन्त्रालयमा लेखिपठाउने गरी स्रोत सुनिश्चतता गरिएको छ। त्यसपछि प्रक्रिया अघि बढेको हो।

असार महिनामा मल आपूर्तिको लागि स्रोत सहमति प्राप्त भएको ७ अर्ब ५० करोडबाट असार महिनाभित्र मल आपूर्ति गर्न सकिने र नसकिने जानकारी गराउन दुवै कम्पनीलाई मन्त्रालयबाट अनुरोध गरिएकोमा कृषि सामग्री कम्पनी लिमिटेड को २०७९ फाल्गुण १५ को पत्र अनुसार सो समयभित्र आपूर्ति गर्न नसिकने व्यहोरा अनुरोध गरेको र साल्ट ट्रेडिङ कर्पोरेसनबाट आफ्नो खरिद नियमावली अनुसार खरिद गर्न सकिने व्यहोराको पत्र प्राप्त भए अनुसार अघि बढेको कृषि मन्त्रालयले जनाएको छ।

यसबीचमा, जी टु जी प्रावधान बमोजिम कृषि सामग्री कम्पनी लिमिटेड र भारत सरकारको राष्ट्रिय केमिकल्स एन्ड फर्टिलाइजर्सबीच भएको सम्झौता अनुसार अग्रिम भुक्तानी गर्नुपर्ने व्यवस्था भएको र स्रोत सहमति दायित्व सिर्जना भइसकेपछि निकासा हुने गरी भएकोले दोश्रो लटको जी टु जी मल खरिद प्रक्रियामा तत्काल जान नसकिएको तर श्रोतको सहजता हुनेबित्तिकै दुवै देशबीचको सम्झौता अनुरुप जाने गरी वैकल्पिक तयारी मन्त्रालयबाट भएको जनाएको छ।

अर्थ मन्त्रायबाट दायित्व सिर्जना भएपछि मात्र रकम निकासा हुने गरी स्रोत सुनिश्चतता भएको, जी टु जी खरिदमा अग्रिम भुक्तानीको प्रावधान भएको कृषि सामग्री कम्पनी लिमिटेडले असार महिनाभित्र ल्याउन नसकिने व्यहोरा अनुरोध गरेको थियो।

मल धानको लागि चाहिने र यसको सिजन असार रहेको कृषि मन्त्रालयले जनाएको थियो। धानबाली लगाउने सिजनमा मलको अभाव हुन नदिन कुनै अन्य उपयुक्त विकल्प नभएकोले एक पटकको लागि कृषि सामग्री कम्पनी लिमिटेडको कोटामा परेको २० हजार मेट्रिकटन युरिया र २० हजार मेट्रिकटन डीएपी असार मसान्तभित्र आपूर्ति हुने गरी साल्ट ट्रेडिङ कर्पोरेसनलाई थप खरिद गर्न निर्देशन दिने निर्णय कृषि मन्त्रालयले गरेको थियो।

साल्ट ट्रोडिङको केही कोटा वृद्धिसँगै छिटो मल खरिद गर्ने सरकारले देखाएको यस तत्परताका कारण किसानले बेलैमा मल पाउनसक्ने देखिएको छ ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.