Fast Nepal News

संवैधानिक परिषद्को बैठक आज साँझ बस्दै

करिब १५ महिनादेखि खाली रहेको प्रधानन्यायाधीश सिफारिसको तयारी

banner single news

२५ बैशाख,काठमाडौं- संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । बैठक साँझ ६ बजेका लागि तय गरिएको छ ।

शनिबार विपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले ४८ घण्टाको समय राखेर परिषद्को बैठक बोलाउनुभएको हो । बैठकमा प्रधानन्यायाधीशका सम्बन्धमा परिषद्मा सहमति र संवैधानिक व्यवस्था अनुसार सर्वसम्मतिबाट सिफारिसको विषय बैठकको कार्यसूची रहेको छ ।

यसअघि वैशाख ६ गते राखिएको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसका सम्बन्धमा निर्णय हुन सकेको थिएन । करिब १५ महिनादेखि खाली रहेको प्रधानन्यायाधीशको पदपूर्तिका लागि प्रधानमन्त्री प्रचण्डले सक्रियता देखाउँदै आउनुभएको छ ।

Inside Article Ads

समाचार नेपाल टेलिभिजनको अनलाईन पोर्टलमा प्रकाशित छ।

Visited 6 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.