
जीवन विकासको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
उदयपु्रको सदरमुकाम गाईघाटमा रहेको जीवन विकास लघ्ुवित्त संस्थाले आज होटल ग्रिन प्यालेसमा एक कार्यक्रमका विच केन्द्र प्रमु्खहरुको गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमको उद्धघाटन संगै आफ्नो मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि त्रियृुगा गनरपालिकाका नगरप्रमुख वसन्त कुमार बस्नेतले अहिलेको यो आर्थिक मन्दीको विषम परिस्थितीमा गरिब र रिणीहरु ठुलो मार्कामा परेको र हाल यो अवस्थामा सबै जना आर्थिक कारोबारमा सजग रहन समेत जानकारी दिएका थिइ । अहिलेको समयमा जो कोही बचतकर्ताले आफ्नो क्षमता भन्दा बढि तिर्नै नसकिने गरि रिणको भार नबोक्न समेत आग्रह गर्दै जीवन विकासले गरिवी निवारणको क्षेत्रमा गरको कामको प्रशंसा समेत गरेका छन् । जीवन विकास संस्थाले स्थानिय निकाय संग समन्वय र सहकार्य गरे अझ प्रभावकारी हु्ने कुरामा नगर प्रम्ुख बस्नेतले जोड दिएका थिए।
घरघरमा उधम फैलाऔ, गरिबीलाई शुन्य बनाऔ भन्ने मुल नाराका साथ संचालीत जीवन विकास लघुवित्त संस्थाले अति विपन्न परिवार सदस्यहरुका परिवारको वृति विकासलाई यस संस्थाले आफ्नो उत्तरदायित्व ठानेको र त्यस्ता परिवारको वालवालिकालाई आफ्नो परिवारका हिस्साको रुपमा स्वीकार गर्दै संस्थाले यो वर्षको लागि ५ अन्त्यत गरिव परिवारका वालवालिकालाई यस वर्षको उहाँहरुको अध्ययनमा आवश्यक सबै आर्थिक तथा भौतिक सहयोग गर्ने जीवन विकासका जिल्ला प्रमुख विश्वास श्रेष्ठले बताएका छन् । उक्त छात्रबृति पाउनेमा रातमाटे आधारभूत विधालयका अनिसा सदा र आकृति बि.क त्यसै गरी त्रियुगा माध्यमिक विधालयका सन्जिता राम
, श्री जनता माध्यमिक विधालयका कूमकूम साह , शिवशक्ति आधारभूत विद्यालयका निखिल रसाइलि, निकिता रसाइी र जनता प्राविका आनन्द साह रहेको छन्ु ।
कार्यक्रमको कार्यविधि तथा परिचय जीवन विकास संस्थाका शाखा प्रमुख सुरेन्द्र प्रसाद ठाकु्रले प्रस्तुत गरेका थिए। कार्यक्रममा नगर प्रमुख संगै त्रिनपा वडा नं ११ र ३ का वडाअध्यक्षहरुको पनि उपस्थिती रहेको थियो ।
शाखाले कार्यक्रमकै अवसरमा विभिन्न केन्द्रहरलाई पु्रस्कुत समेत गरेको छ । उत्कृष्ट बचतकर्ताका रुपमा केन्द्र नं. ४ का पूजा कुमारी चौधरी, केन्द्र नं. ७ का अनिला देबि र केन्द्र नं.९ का जानूका देवि मिश्र रहेमन छन्। त्यसै गरि उत्कृष्ट ऋणी तर्फ केन्द्र नं ३९ का रीता पराजूली ,केन्द्र नं.१४का अन्जूकला बि।क र केन्द्र नं। ३५का लगन कुमारी धामी र उत्कृष्ट उधमीमा पूजा भटट,सीता सार्की र कमला रसाइली पुरस्कृत भएका छन्। त्यसै गरि उत्कृष्ट एटिएममा तुलसा विक र सुनिता चौधरी पुरस्कृत भएको जिल्ला अध्यक्ष विश्वास श्रेष्ठले बताएकाछनु । शाखाले उत्कृष्ट केन्द्रहरुलाई पनि पुरस्कृत गरेको छ। पुरस्कृत हुनेमा क्रमश केन्द्र न २ र ३० सान्तवना, केन्द्र नं १०९ तृतिय, केन्द्र नं ६२ द्धितिय र केन्द्र नं १७ प्रथम स्थान हासिल गर्न सफल भएका थिए । सबै विजेताहरुलाई कार्यक्रमका सभापति तथा जीवन विकासका संस्थागत सामाजिक विभागका विभागिय प्रमुख विजय कुमार मण्डलले प्रमाणपत्र तथा उपहार प्रदान गरेका थिए ।
