
इटहरी । मिस्टर एन्ड मिस एस इ इ प्रदेश १ को तालिम एक कार्यक्रमका बीच सरगम संगीतालयमा सुरु भएको छ। झापा मोरङ इलाम र इटहरीको छनौटपछि २१ प्रतियोगी उक्त तालीम सहभागी छन्। तालिमको क्रममा सहभागीहरुलाई उद्घोषण, नेतृत्व तथा ब्यक्तित्व विकास , भाषण कला ,आत्म रक्षा, सामाजिक रहन सहन, कम्प्युटर शिक्षा , कला, श्रृङ्गार लगायतको प्रशिक्षण गराइने कार्यक्रमका संयोजक दिनेशराज शर्माले बताए ।
प्रतियोगिताको फाइनल जेठ महिनको दोस्रो हप्तामा हुने र उत्कृष्ट २० जनाले प्रदेश १ र काठमाडौका विभिन्न कलेजमा पुर्ण छात्रवृत्ति पाउने शर्माले जानकारी दिए । निदि उच्च शिक्षा निकेतन एजुकेसन पार्ट्नर रहेको उक्त कार्यक्रमलाई टावर टेम्पल स्कुलले सह प्रायोजन गरेको छ। संस्थाका निर्देशक एल सि श्रेष्ठको सभापतित्वमा विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेको प्रमुख आतिथ्यता, वीरता जेसिज अध्यक्ष घनश्याम चौधरी, फास्ट ट्राक एजुकेसनका इन्द्र खनाल ,मिस झापा सेविका श्रेष्ठले शुभकामना मन्तव्य दिएको कार्यक्रममा चलचित्र कर्मी महासंघ सचिव गोपाल एक्तेन, झापा जिल्ला नृत्य कलाकार संघ महासचिव अमन गुप्ता,फुलबारी मिडियाका अभिषेक धमला, युनिक मिडियाका सुबास लिम्बू, संगीतकार मणि बर्देवा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन दिनेशराज शर्माले गर्नुभएको थियो।
