Fast Nepal News

क्योयोकुशिन–सेइसिन कराँतेको सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न

banner single news

काठमाडौं । नेपाल क्योकुशिन–सेईसिन काईकान कराते संघ, सिनामंगलको आयोजनामा बैशाख १५ शुरु भएको “प्रथम काठमाण्डौ महानगर मेयर कप तथा सातौं राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुलकन्ट्याक्ट (क्योकुशिन– सेईसिन) करॉते प्रतियोगिता–२०८०” को उद्घाटन बागमति प्रदेश सांसद सुनिल के.सी. ले गर्नुभएको छ । १५ र १६ गते गरि दुई दिनसम्म चल्ने विश्वका क्योकुशिन करॉतेका संस्थापक गूरुको फोटोमा माल्यार्पण तथा पानसमा दिप प्रज्वलन गरी प्रतियोगिताको समुदघाटन गरिएको थियो ।

सो अवसरमा संघका केन्द्रिय अध्यक्ष तथा नेपाल ब्रान्चचिफ साथै विश्व क्योकुशिन काई करॉते महासंघका उपाध्यक्ष सिहान अशोक कुमार श्रेष्ठले आयोजकको तर्फबाट स्वागत मन्तव्य राख्नु भएको थियो । बागमति प्रदेशका प्रमुख प्रशिक्षक राजकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथीको हातबाट समाजसेवी गणेश हरि श्रेष्ठ, समाजसेवी प्रेमलाल श्रेष्ठ, समाजसेवी तथा खेलकुदकर्मी अशोक कुमार श्रेष्ठ, समाजसेवी बालकृष्ण श्रेष्ठ तथा कान्छिमाया श्रेष्ठलाई खदा तथा सम्मानपत्रद्धारा सम्मानित गरिएको थियो ।

उक्त प्रतियोगितामा विभिन्न ४० के.जी., ४५ के.जी., ५० के.जी., ५५ के.जी तथा खुल्ला तौल समुहमा पुरुष तथा ४० के.जी., ४५ के.जी., ५० के.जी. तथा खुल्ला तौल समुहमा महिला गरी जम्मा २०० जना खेलाडीहरुले सहभागिता जनाएका छन्।

उक्त प्रतियोगितामा पु्रुष खुल्ला तौल समूहमा २ नं प्रदेश सुलभ माझीले विभागिय टिम नेपाली सेनाका अच्यूत विकास गुरुङलाई हराई स्वर्ण पदक हातपार्न सफल भए । त्यसैगरी ५५ के.जी.मा विभागिय टिम नेपाली सेनाका भुपेन्द्र वली, ५० के.जी.मा बालकृष्ण ठाकुर(प्रदेश नं २), ४५ के.जीमा विवेक नेपाली (प्रदेश नं ३) तथा ४० के.जीमा सन्तोष मर्दनिया (प्रदेश नं ३) द्धारा प्रतियोगिताको स्वर्ण पदक हासिल गर्न सफल भएका छन । महिला खुल्ला तौल समूहमा विभागिय टिम नेपाली सेनाका सपना आलेमगरले बागमति प्रदेशका सुस्मा बललाई हराई स्वर्ण पदक हात पार्न सफल भए भने त्यसैगरी ५० के.जी.मा सृष्टी तामाङ्ग (प्रदेश नं ३), ४५ के.जी.मा नन्दीका राई (प्रदेश नं ३), ४० के.जीमा सिवानी आलेमगर (प्रदेश नं ३) द्धारा प्रतियोगिताको स्वर्ण पदक हासिल गरेका छन ।

त्यसैगरी पुरुष खुल्ला तौल समूहमा विभागिय टिम नेपाली सेनाका बिकास गुरुङ, ५५के.जीमा प्रवेश बिक (प्रदेश नं २), ५० के.जी.मा सगुन तामाङ (प्रदेश नं २), ४५ के.जी.मा बिक्रम बजगाई (प्रदेश नं ३) तथा ४० के.जीमा विवेक दाहाल तथा महिला खुल्ला तौल समूहमा सुस्मा तामाङ्ग (प्रदेश नं. ३), ५०के.जी.मा समृद्दि सापकोटा(प्रदेश नं २), ४५ के.जी.मा सृजना मोक्तान (प्रदेश नं ३), ४० के.जीमा राखी कुमारी ठाकुर(प्रदेश नं २)द्धारा रजत पदक हासिल गरेका थिए ।
त्यसैगरी खुल्ला तौल समूहमा विशेष तामाङ(प्रदेश नं. ३), ५५ के.जी.मा निरज तामाङ (प्रदेश नं २), ५० के.जी.मा दुर्गा बहादुर विक (प्रदेश नं ३), ४५ के.जी.मा अनुप महर्जन (प्रदेश नं ३), ४० के.जीमा सुजन मर्हजन (प्रदेश नं ३) तथा महिला खुल्ला तौल समूहमा स्मिति तामाङ(प्रदेश नं.३), ५० के.जी.मा एन्जेल श्रेष्ठ(प्रदेश नं ३), ४५ के.जी.मा सुचिन तामाङ(प्रदेश नं ३), ४० के.जीमा दिक्षा महरा (प्रदेश नं ३) द्धारा कास्य पदक हासिल गरेका थिए ।

Inside Article Ads

त्यसै गरी पुरुष खेलाडीहरुमा खुल्ला तौल समूहमा सुदिप सुनार (प्रदेश नं.३), ५५ के.जी.मा अर्पण शाह (प्रदेश नं.२), ५० के.जी.मा विवेक वर्देवा (प्रदेश नं. ३), ४५ के.जी.मा अनुज तामाङ्ग(प्रदेश नं ३), ४० के.जीमा सनिस श्रेष्ठ(प्रदेश नं ३) तथा महिला खुल्ला तौल समूहमा संस्कृति सापकोटा(प्रदेश नं.२), ५० के.जी.मा लक्ष्मी आलेमगर(प्रदेश नं ३), ४५ के.जी.मा सल्मा लकर्नी(प्रदेश नं ३), ४० के.जीमा अनु तामाङ(प्रदेश नं ३) द्धारा कास्य पदक हासिल गरेका थिए ।

कार्यक्रमको दोस्रो दिन समापन तथा पुरस्कार बितरण समारोहमा प्रमुख अतिथ्यता गर्नुभएका काठमाण्डौ महानगर पालिकाका मेयर बालेन्द्र शाहले विजयी खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो भने केन्द्रिय संघका अध्यक्ष तथा ब्रान्चचिफ सिहान अशोक कुमार श्रेष्ठ तथा बागमति प्रदेश प्रमुख प्रशिक्षक राजकृष्ण श्रेष्ठद्धारा उद्घाटन समारोहका प्रमुख अतिथी बागमति प्रदेश सांसद सुनिल के.सि. तथा समापन समारोहका प्रमुख अतिथी काठमाण्डौ महानगरपालिका का मेयर बालेन्द्र शाह लगायत विशिष्ट अतिथी, अतिथी, जुरी, निर्णायक तथा सहयोगकर्ता महानुभावहरुलाई मायाको चिनो तथा कदरपत्र प्रदान गर्नु भएको थियो ।

उक्त प्रतियोगिता संचालन गर्ने टेक्निकल टिममा मुख्य जुरीमा शिहान अशाेक कुमार श्रेष्ठ, मुख्य निर्णायकहरुमा हेराकाजी देशार, राजु तामाङ, बद्री थापामगर(नेपाली सेना), हर्क बहादुर लामा(सुर्य), राजेश महताे, सुनिल नगरकाेटी थिए भने निर्णायकहरु सन्ताेष गुप्ता, राजेन्द्र थापा, प्रकाश तामाङ, जेन तामाङ, जयराम थिंग, बुद्ध तामाङ, देविन्द्र सहनि, राजकुमार बल, चाेप ब.बुढाथाेकी, मन्जु बि.क., रेजिना थापा, रवि यादव, सम्पूर्ण महर्जन, दिलिप नगरकाेटी, अमर लामा रहेका थिए भने अतिथीहरुमा का.म.न.पा. वडा नं.९का वडा अध्यक्ष रामकृष्ण श्रेष्ठ , वडा सदस्यहरु टेकराज अधिकारी, लायन्स क्लव अफ ईण्टरनेशनल डिष्टिक 325L का गभर्नर मणि श्री रत्न बज्राचार्य, काभ्रे चेम्बर अफ कमर्शका अध्यक्ष प्रकाश श्रेष्ठ, PRO in Chief लायन मन कृष्ण श्रेष्ठ, श्रीराम राई, सिनामंगल डाेजाे सल्लाहकार प्रेमकृष्ण श्रेष्ठ, श्री मंगल युवा क्लवका अध्यक्ष जीवनलाल श्रेष्ठ, मंगल पुस्तकालयका अध्यक्ष नरेश खडका, श्री शक्ति विनायक मन्दिर समितिका अध्यक्ष के.डी.लामिछाने, लाेयाेला कलेजका प्रिन्सिपल, महिला सहकारी अध्यक्ष, जेष्ठ नागरिक समाज सिनामंगलका अध्यक्ष, समाजसेवी शुक्र तामाङ,समाजसेवी गणेशहरि श्रेष्ठ, समाजसेवी प्रेमलाल श्रेष्ठ, समाजसेवी राम बहादुर गाैतम, समाजसेवी यादव पाैडेल, समाजसेवी ईश्वर ढकाल, समाजसेवी मनाेज भण्डारी, समाजसेवी पुरुषाेत्तम रिजाल, समाजसेवी विनाेद लामाकाे विशेष उपस्थिति रहेकाे थियो ।

Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.