Fast Nepal News

बाजुरमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प

banner single news

१५  बैशाख,बाजुरा- बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज राती एकबजे ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो । बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गएराति पनि ११ बजेर ५८ मिनेटमा ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यस्तै वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गोरखा केन्द्रविन्दु भएर चैत २८ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प जाँदा चैत १८ गते दोलखा केन्द्रविन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Inside Article Ads

समाचार नेपाल टेलिभिजनको अनलाईन पोर्टलमा प्रकाशित छ।

Visited 12 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.