Fast Nepal News

ग्रील तथा स्टील ब्यवसायी संघको प्रेस सल्लाहकारमा पराजुली

banner single news

१५  बैशाख,काठमाडौँ-ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत बालाजु,खुसीबुँ,चमती,ढल्को इकाई समितिको प्रेस सल्लाहकारमा मिडियाकर्मी डि.बि.पराजुली मनोनित भएका छन् ।

इकाई समितिको बैठकले संगठनलाई लामो समयदेखि सहयोग गर्दैआएको र आम ब्यवसायी तथा कर्मचारीहरुको नेतृत्व बिकास लगायतका कार्यक्रम तय गरि लागु गर्न मिडियाको आवश्यकता महशुस गर्दै पराजुलीलाई प्रेस सल्लाहकारको भुमिकामा मनोनयन गरेको हो ।

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठको बिषेश उपस्थितिमा ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंका सह कोषध्यक्ष तोक बहादुर गधराज(तोकेन्द्र), ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्रका सल्लाहकार बाल मुकुन्द नकर्मी ,अध्यक्ष शैलेस ठकुरी,कोषध्यक्ष रामचन्द्र नगरकोटी, ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत बालाजु,खुसीबुँ,चमती,ढल्को इकाई समितिको अध्यक्ष राजकुमार खड्का ,कोषाध्यक्ष रामहरी सेन्चुरी,सदस्य रमेश महर्जन, ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तरगत गोंगबु सामाखुसी इकाईका अध्यक्ष गोपाल बि.क.को उपस्थितिमा पराजुलीलाई मनोनयन पत्र हस्तान्तरण गरिएको हो । यो संगठनलाई सहि दिशामा अगाडी बढाउन संचार जगतको महत्वपुर्ण भुमिका रहने र यो भुमिकामा डि.बि.पराजुलीको आवश्यकता महशुस भएकोले उनलाई मनोनयन गरिएको इकाई अध्यक्ष राजकुमार खड्काले बताए ।

Inside Article Ads

आम ब्यवसायी र संगठनको हितमा मिडियाको तर्फबाट हुनसक्ने सहयोग गर्न कुनै कसुर बाँकी नराख्ने भन्दै आफूले सकेको सहयोग गर्ने मनोनित पराजुलीले बताएका छन् ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.