Fast Nepal News

कोभिड विरुद्धको खोप स्वीकृतिका लागि २ वटा अमेरिकी कम्पनिद्वारा आवेदनको तयारी

banner single news

काठमाडौं, मंसिर ६ – कोरोना भाइरस लाग्न नदिने खोप बनाएको दावी गरेका २ अमेरिकी कम्पनीले इजाजतका लागि आवेदनको तयारी गरेका छन् ।

फाइजर र त्यसको साझेदार बायोन टेकले आवेदन दिइसकेको बीबीसीले जनाएको छ । उनीहरुले अमेरिकी खाद्य तथा औषधि व्यवस्था विभाग FDA मा अनुमतिका लागि निवेदन दर्ताको तयारी गरेका छन् । तर ती कम्पनीले दावी गरे अनुसारका तथ्य अध्ययनमा FDA ले कति समय लगाउँछ भन्न नसकिने अवस्था छ ।

Inside Article Ads

तर डिसेम्बर मध्यसम्म अर्थात् १ महिनाभित्रमा स्वीकृति पाउने अपेक्षा अमेरिकी सरकारको छ । ६५ वर्षमाथिको उमेरका ९४ प्रतिशत मानिसलाई खोपले बचाउने परीक्षण तथ्यांकसहित कम्पनीहरुले निवेदन दिन लागेका हुन् । सो खोप बेलायतले ४ अर्व डोज पहिले नै अर्डर गरिसकेको छ ।-

Visited 4 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.