Fast Nepal News

नेपाल एशोएियसन फर द स्टडि अफ पेनको आयोजनामा इन्ट्रिगेटिभ पेन केयरको थिममा दोस्रो अन्तरराष्ट्रिय सम्मेलन शुरु

banner single news

९ वैशाख, काठमाडौँ – नेपाल एशोएियसन फर द स्टडि अफ पेनको आयोजनामा इन्ट्रिगेटिभ पेन केयरको थिममा दोस्रो अन्तरराष्ट्रिय सम्मेलन शुरु भएको छ । शनिवार जमल स्थित होटल एल्लो पेगोडामा आयोजित उक्त सम्मेलन उदघाटन सत्रसँगै शुरु भएको हो ।

सो अवसरमा एशोएियसनका अध्यक्ष प्रो. डा. अनिल श्रेष्ठले सभापतिको आसनबाट बोल्नुहुँदै यस अघि सन् २०२० मा भर्चुअल रुपमा सम्मेलन आयोजना गरिएकोमा २०२३ मा आयोजित दोस्रो सम्मेलन पहिलोपटक भौतिक रुपमा हुन लागेको जानकारी दिनुहुँदै विज्ञ चिकित्सकहरुको ज्ञान तथा अनुभव साटासाट गर्ने अवसरले गर्दा सम्मेलन कोशेढुङगा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरि, प्रो. डा. रोश्नादेवी अमात्यले नेपालमा २० को शुरुवातीको दशकमा पिडा कम आफुहरुले थालनी गरेको स्मरण गर्नुहुँदै उपचार मार्फत क्यान्सर आदी रोगको पिडालाई कम गर्न सफलता हासिल हुँदै आएको बताउनुभयो ।

Inside Article Ads

प्रो. डा. बालकृष्ण भट्टराईले पिडालाई कम गर्न समुहगत रुपमा प्रयास हुँदै आएको जनाउनुहुँदै बिरामीहरुको पक्षबाट उपचार गर्नुपर्ने र इन्ट्रिगेटिभ पेन केयरको माध्यम यसका लागि फलदायी रहने उल्लेख गर्नुभयो ।

उदघाटन सत्र पस्चात हुने सम्मेलनको अर्को ४ भिन्न सत्रमाझ विज्ञहरुले १४ वटा प्रस्तुत दिने कार्यक्रम रहेको छ ।

Visited 29 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.