Fast Nepal News

नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनद्वारा माल्टाको भ्यालेटामा नेपाल डे संपन्न, हजारौंको सहभागितामा झल्कियो मिनी नेपाल,

banner single news

माल्टा — वैशाख ५, २०८०

नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनले नेपाली नयाँ बर्ष २०८० को अवसर पारेर नेपालमा पर्यटन पर्बद्दन गर्ने ऊद्देश्यले माल्टामा भब्य रुपमा नेपाल डे कार्यक्रम संपन्न गरेको छ । नेपाली नयाँ  बर्षको अबसर पारेर नेपाल माल्टा च्यारीटी अर्गनाईजेसनको आयोजनामा माल्टामा मिनी नेपाल झल्किने कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रमलाई नेपाली दुताबास लण्डन, नेपाली दुताबास स्पेन , नेपाल टुरिजम बोर्ड र कोस्टा ईज क्लियर फाउन्डेसन माल्टा लगाएत सँस्थाहरुको सहयोग रहेको थियो । माल्टाको सबै नेपाली संघ सँस्थाको सहभागीता एबं सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा करिव २५००-३००० नेपाली र बिदेशी दर्शकको उपस्थिती रहेको थियो । माल्टामा यती धेरै सहभागितामा पहिलो पटक बृहत कार्यक्रम भएको हो ।

कार्यक्रम संस्थाका संयोजक प्रकाश भण्डारीको सभापतित्वमा भएको थियो भने कार्यक्रमको संयोजन उपसंयोजक रेम्स खनालले गरेका थिए । कार्यक्रमको उद्देस्य देशमा पर्यटन भित्र्याउनु रहेको थियो ।नेपाल बहु जाति, बहु धार्मिक,बहु सांस्कृतिक,बिबिध भाषा , भेष भुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकाशको प्रमुख आधार पर्यटन नै भएको र माल्टिज लगाएत युरोपियन देशका पर्यटकलाई नेपाल र नेपाल चिनाउन नै सँस्थाले उक्त कार्यक्रम आयोजना गरेको थियो ।

उक्त नेपाल डे कार्यक्रममा प्रमुख अतिथीका रुपमा माल्टाको अपोजीसन लिडर वेर्नाड गेर्चको उपस्थिति रहेको थियो । उनले कार्यक्रममा  निधारमा टिका , ढाकाको टोपी र खुकुरी सहित नेपाली कला देख्दा खुसी ब्यक्त गरेका थिए । उनले सो कार्यक्रममा नेपाली समुदायलाई माल्टिज सोसाईटिले निकै अब्बल समुदायको रुपमा हेरेको बताउदै नेपाल र नेपालीसँग सहकार्य गर्ने बताए ।

यस्तै उक्त कार्यक्रममा नेपालमा अवस्थित बिश्वको सर्बोच्च शिखर सगरमाथा पुगेको जुत्ता, झोला र माल्टिज झण्डा सहित आएका मार्को कार्मोनाले नेपाल र नेपालीको खुलेर प्रसंसा गरेका थिए । उनी सगरमाथा आरोहण गर्ने पहिलो माल्टिज नागरिक हुन । उनको टोलीमा ३ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए ।

सगरमाथाको चुचुरोमा पुगेको झण्डा देख्न पाउदा नेपालीहरुले निकै गर्व गरेको उक्त कार्यक्रममा स्वागत मन्तब्य राख्ने क्रममा संस्थाको उप संयोजक शर्मिला बस्नेतले बताईन । बस्नेतले कार्यक्रममा उपस्थित सम्पुर्ण नेपाली र बिदेशी पाहुनालाई स्वागत गरेकी थिईन ।

कार्यक्रममा कोस्टा ईज क्लियर फाउन्डेसनका मार्क गले पाचले सगरमाथा बेस क्याम्पमा गरेको सरसफाई अभियानका बारेमा चर्चा गर्दै नेपाली समुदायको खुलेत प्रसंसा गरेका थिए ।

उक्त कार्यक्रममा एनआरएन माल्टाका अध्यक्ष भुवन अर्यालले शुभकामना मन्तब्य ब्यक्त गर्दै आयोजक संस्था र उपस्थित सबैलाई धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रममा ब्यानर सहित बिभिन्न भेषभुषा झल्कने गरी नेपाली झण्डा सहित करीब १ किमी मार्चपास समेत गरिएको थियो । कार्यक्रम स्थलबाट माल्टाको संसद भवनसम्म नेपाली नारा र प्लेकार्ड सहित शान्ती र्याली निकालिएको थियो ।

Inside Article Ads

कार्यक्रममा  माल्टामा दिबंगत भएका नेपालीहरुको संझनामा मौन धारण समेत गरिएको थियो । उक्त नेपाल डेमा उपस्थित सम्पुर्ण अतिथीलाई रातो टिका लगाएर ढाकाको टोपी लगाउदै स्वागत गरिएको थियो । उक्त कार्यक्रमको उदघाटन पनि नयाँ सैलीमा गरिएको थियो । कार्यक्रमको उदघाटन  प्रमुख अतिथीद्वारा नेपाली बालबालीकाहरु लाई टिका लगाएर गरिएको थियो ।

कार्यक्रम अबधीभर नेपाल झल्किने बिभिन्न कृयाकलाप गरिएको थियो भने उपस्थित सबैले नाच गानमा सरिक हुंदै मनोरन्जन गरेका थिए ।

उक्त नेपाल डेमा हजारौ माल्टाका स्थानीय र नेपालीहरु उपस्थिति भएर कार्यक्रम पुर्ण सफल पछि    आयोजक सँस्थाका अध्यक्ष प्रकाश भण्डारीले सबैलाई धन्यवाद ब्यक्त गर्दै आगामि दिनमा पनि विविध कार्यक्रमहरु गर्ने घोषणा गरे ।

संस्थाको योजना आगामी दिनमा माल्टामा नेपाली पार्क निर्माण गर्ने लगाएत नेपालमा पर्यटन पर्वर्दनको लागी धेरै योजनाहरु रहेको जनाउदै कार्यक्रमका संयोजक रेम्स खनालले नेपाल डे कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै संघ सँस्था,नेपालीहरु र माल्टिज नागरिकलाई धन्यवाद ब्यक्त गरे ।नेपाल डे कार्यक्रम सफल बनाउन माल्टामा अबस्थित बिभिन्न सामाजिक संघ सँस्थाका प्रतिनिधि,नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका कार्यसमितिका पदाधिकारीहरुको उल्लेख्य भुमिका रहेको थियो ।

नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका संयोजक प्रकाश भण्डारीले नेपाल चिनाऊन र नेपालमा पर्यटक भित्र्याउने ऊद्देश्यका साथ उक्त कार्यक्रमको गरिएको बताए । यस्ता प्रकारका अन्य कार्यक्रम आगामि दिनमा पनि गर्दै जाने संयोजक भण्डारीले बताए । यस्ता कार्यको लागी सहकार्य गरि अगाडि बढ्न र यस्ता कार्यलाइ निरन्तरता दिन भण्डारीले सम्पुर्ण माल्टा बासि नेपालि संघ,सँस्था  हरुलाइ आग्रह गर्दै कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाई नेपालको नाम चिनाऊन सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे । उनले आगामी दिनमा नेपाल चिनाउने बिबिध कार्यक्रमहरु पनि सँस्थाले गर्दै जाने र नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनमा आवद्द भई  आफ्नो तर्फबाट देशलाई केही योगदान गर्न सम्पुर्ण माल्टावासिलाई आग्रह गरे ।

भन्डारीले हाम्रो देश नेपाल बहु जाति, बहु धार्मिक,बहु सास्कृतिक अनि बिबिध भाषा , भेष भुषा र प्राकृतिक सम्पदाले भरिपूर्ण देश भएकाले देश विकाशको प्रमुख आधार पर्यटन नै भएको दाबी गर्दै  समस्त माल्टा बासि नेपालीहरुलाई देशलाइ बिश्व सामु चिनाउन र देश विकासको लागी एउटा इट्टा थप्न,पर्यटन ब्यबसायलाइ फस्टाउन नेपाल डे एक चरणमा सफल भएको बताए ।

अहिले रोजगारी र ब्यावसायको शिलशिलामा कर्मभुमि माल्टामा रहदै गर्दा पनि आफ्नो मातृभूमिको माया हामि सबैमा रहेकोले नै मातृभूमिलाइ चिनाउनको लागि नेपालि नया बर्ष २०८० को अबसरमा   माल्टाको राजधानी भ्यालेटामा विविध सांस्कृतिक कार्यक्रमका साथ नेपाल डे संपन्न गरेको उनले बताए । आगामी दिनमा पनि सँस्थाले जन्मभुमिको लागी सहयोग पुग्ने विविध कार्यक्रम गर्ने उपसंयोजक रेम्स खनालले बताए । खनालले आफ्नो र सँस्थाको अभियान भनेको परदेशमै बसेर पनि देशको लागी केही गर्ने नै रहेको दावी गरे ।

यस्तै अर्का उपसंयोजक सर्मिला बस्नेतले यो नेपालीहरुको लागी र देशको लागी महत्वपुर्ण कार्यक्रम रहेको र यसलाई सबै माल्टावासी नेपालीहरुको सहयोग र सहकार्यले भब्य रुपमा सम्पन्न गर्न सफल भएको बताईन ।सँस्थाका सदस्यसचिव हरि बिश्वकर्माले नेपाल डे सफल बनाउन साथ दिनुहुने सबैलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रम सभ्य र भब्य रुपमा संपन्न भएको बताए ।

उक्त नेपाल डे सफल पार्न  नेपाल माल्टा च्यारिटी अर्गनाईजेसनका संयोजक प्रकाश भण्डारी,उपसंयोजक रेम्स खनाल,मधु गुरुङ,शर्मिला बस्नेत,सदस्य सचिव हरि बिसी र अर्गनाईजेसनका सदस्यहरु भगवान थापा,लोक पौडेल,राजेन्द्र भन्डारी, शंखर खत्री,अनिश राई,निरज श्रेस्ठ, जिवन पौडेल,नरेश थापा,सुजन रिमाल,धन कुमार राईलगाएतको योगदान  रहेको थियो ।

नेपाल डेबाट नेपाल बुद्धको देश , सगरमाथाको देश , बिर गोर्खालीको देश , बिभीतताको देश र प्राकृतीक संपदाले भरिपुर्ण देश भनेर चिनाउन सफल भएको कार्यक्रम संचालक सन्देश केसीले बताए ।

Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.