Fast Nepal News

विवाह समारोहबाट फर्किएको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु

banner single news

काठमाडौँ, मंसिर ५ – भारतमा विवाह समारोहबाट फर्किएको गाडी दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । उत्तरप्रदेशको प्रतापगढ जिल्ला प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किँदा ६ बालबालिकासहित १४ जनाको ज्यान गएको हो । विवाह समारोहबाट फर्कँदै गरेको गाडी टायर पञ्चड भएर सडकको छेउमा रोकिराखेको ट्रकमा ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटना लगत्तै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुस्ख व्यक्त गर्दै दुर्घटना स्थलमा पुगेर आवश्यक सहयोग गर्न प्रशासनलाई निर्देशन दिनुभएको छ ।

Inside Article Ads
Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.