Fast Nepal News

नेपाल चेम्बरको आयोजनामा आर्थिक समृद्धि उन्मुख कर प्रणाली बिषयक अन्तर्कृया सम्पन्न

banner single news

 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आर्थिक समृद्धि उन्मुख कर प्रणाली बिषयक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार जमल स्थित चेम्बर भवनमा आयोजित कार्यक्रम नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा सम्पन्न भएको हो ।

सो अवसरमा चेम्बर अध्यक्ष मल्लले राजश्व संकलनमा १९/ २० प्रतिशतले कमी आएको उल्लेख गर्नुहुँदै अर्थतन्त्रलाई टेवा पुग्ने गरि कर प्रणाली तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो । ‘बिल लिने दिने बानी बसाल्नुपर्छ, बिल जारी गरेपछि यति दिन भित्रमा रकम उठनुपर्छ भन्ने स्पष्ट हुनुपर्छ । सेवाग्राहीको काम पनि निस्चित अवधिमा गर्ने भन्ने हुनुपर्छ’ अध्यक्ष मल्लले भन्नुभयो ।

Inside Article Ads

सो अवसरमा बरिष्ठ कर विज्ञ डा. रुप खडकाले नेपालको कर प्रणालीसँग सम्बन्धित रहेर प्रस्तुतीकरण दिनुहुँदै देशले यस आ व भित्र मु अ कर ३४९ अर्ब (३१।६१), आयकर ३०१ अर्ब (२७।२६), भन्सार महशुल २५४ अर्ब (२३।०१), अन्त शुल्क १९९ अर्ब ( १८) अन्य कर १ अर्ब ( ००।०९ प्रतिशत ) उठाउने लक्ष्य लिएको उल्लेख गर्नुहुँदै करको दाँयारालाई बढाउदै लागत कम पर्ने गरि वस्तु वा सेवातर्फ करको दर घटाउनुपर्ने जनाउनु भयो ।

लक्ष्य अनुसार राजश्व संकलनमा कमी आए चेन इफेक्ट पैदा हुने हुँदा अर्थतन्त्रलाई समस्याग्रत हुनबाट जोगाउन पनि कर नीति उपयुर्क्त र कर तिर्ने गर्नुपर्ने बताउनुभएका खडकालेभन्सारलाई राजश्वको स्रोत बनाउनु गलत अभ्यास रहेको उल्लेख गर्नुभयो । भिएटीमा आर्थिक लागत नहुने हुँदा मु अ कर लाई मितव्ययी मानिने जानकारी दिनुहुँदै उहाँले करको उपयुक्त स्वरुप छनौट, करको आधार बिस्तार, कर छुट तथा सुविधाहरुको छटनी, कर छुट क्षेत्रलाई कर प्रिमियम क्षेत्रमा रुपान्तरण आदी जस्ता सुधारमार्फत कर प्रणालीलाई भाररहित बनाउनुपर्नेमा जोड दिनुभयो ।

Visited 21 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.