Fast Nepal News

विद्युत खरिद बिक्री निर्धारण सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

banner single news

१० चैत्,काठमाडौँ-बुढीगण्डकी क जलविद्युत आयोजना र बुढीगण्डकी ख जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद मुल्य निर्धारण गर्ने सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम विधृत नियमन आयोगमा विहिवार सानो गौचरण स्थित विद्युत विकास विभागको सभा हलमा सम्पन्न भएको छ।

सुनुवाई कार्यक्रममा प्रर्वद्धक कम्पनीले बुढीगण्डकी क जलविद्युत आयोजना र बुढीगण्डकी ख जलविद्युत आयोजना सुुनुवाई कार्यक्रममा प्रस्तुत गरेको थियो।सुनुवाई कार्यक्रममा प्रवद्धक कम्पनीले बुढीगण्डकी क जलविद्युत आयोजना र बुढीगण्डकी ख जलविद्युत आयोजना प्रस्तुत गरेलगतैँ केही लगानीकर्ताहरुले आफूलाई चिनियाँ  प्रर्वद्धक कम्पनीले लगानीकर्ताहरुको अनुमति बिना सो कार्ययोजना अघि बढाएको र लगानीकर्ताहरुले प्रवद्र्धक कंपनीेलाई उचित लांभाश वितरण नगरेको गुनासो व्यक्त गरेका थिए।

Inside Article Ads

सरोकारवालाबाट राय सुझाव एवम् सल्लाह संकलन गर्ने उदेश्यका साथ विद्युत नियमन आयोगद्वारा आयोजित सुनुवाई कार्यक्रममा आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले सार्वजनिक सुनुवाईका क्रममा उठेका र निवेदन मार्फत प्रर्वद्धक कम्पनीका विषयमा परेका उजुरीलाई गंभिरतापुर्वक लिएको बताउनुहुँदै  प्रर्वद्धक कम्पनीे चीनको दोस्रो ठुलो उर्जा उत्पादक कम्पनी संबद्ध रहेको दाबी प्रस्तुत गर्दैगर्दा रकम भुक्तानी संबन्धमा उठाएका सवाललाई सहजै सम्बोधन गर्नुपर्नेमा त्यसो हुन नसकेको पाईएकाले यथासिघ्र समस्या समाधान गर्न प्रवद्र्धक कंपनीेलाई निर्देशन गर्नुभयो । साथै उहाँले प्रवद्र्धक कम्पनीे नौलो नेपाल हाईडो पवर कंपनीलाई शुभकामना दिनुहुँदै विवादमा नफसी, स्थानियलाई असर पर्ने किसिमले कुनै पनि प्रकार कामहरु नगर्न सुझाव समेत प्रस्तुत गर्नुभएको थियो।

Visited 26 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.