Fast Nepal News

राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन सार्वजनिक। जनसंख्या २करोड ९१ लाख ६४हजार ५७८

banner single news


डायमण्ड जोशी।
१० चैत्र, काठमाण्डौ।

राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक गरेका हुन्।

राष्ट्रिय जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा नेपालमा एक करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ प्रतिशत) पुरूष र एक करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) महिला छन्। अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ। यो कुल जनसंख्याको ०.००१ प्रतिशत हो।

Inside Article Ads

यसअघि २०७८ माघ १२ मा कार्यालयले नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो

विस्तृत रुपले सार्वजनिक गरेको अन्तिम प्रतिवेदनमा भने २७ हजार ९०२ कम अर्थात् २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्या देखिएको छ।

Visited 50 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.