Fast Nepal News

शरीर जोडिएका शिशु जन्मिए

banner single news

काठमाडाैं, मंसिर ३ -प्रसूति व्यथा लागेपछि महाशिला गाउँपालिकाको लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी उनलाई पर्वत अस्पताल पठाइएको थियो । पर्वत अस्पताल कुश्माले समेत अवस्था गम्भीर रहेको भन्दै उनलाई धौलागिरि अस्पताल बागलुङमा पठाएको थियो । “उहाँ सोमबार साँझ अस्पताल आउनुभएको हो”, अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले भने, “आज बिहान शिशु जन्मिएका हुन् ।” शल्यक्रियाका लागि जोखिमपूर्ण अवस्था रहेको भन्दै चिकित्सकहरुका बीचमा छलफल चलिरहेकै बेला उनले शिशु जन्माएकी गौतमको भनाइ छ ।

“शरीर जोडिएको शिशु जन्मिए, अवस्था गम्भीर थियो”, चिकित्सकलाई उल्लेख गर्दै गौतमले भने, “गर्भ जाँच नगराएको जस्तो लाग्यो, जाँच गरेको भए असामान्य अवस्थामा शिशु रहेको थाहा हुन्थ्यो ।” शरीर जोडिएर जन्मिएका शिशुलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

Inside Article Ads
Visited 7 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.