
२५ फागुन,ललितपुर – ११३ औं अन्तराष्टिय नारी दिवसको अवसर पारेर ललितपुर महिला चेम्बरले बृहद स्वास्थ्य शिविर आयोजना गरेको छ । बुधवार ललितपुरको कन्या आदर्श निकेतन मा.वि. मा आयोजित कार्यक्रम ललितपुर चेम्बर अफ कमर्ससँगको सहकार्यमा आयोजनामा आएको हो । बिहान ९ बजेदेखी दिउँसो २ बजेसम्म संचालित शिविरमा विशेषज्ञ चिकित्सकबाट १०० भन्दा बढिको अाँखा, ब्लड प्रेसर, सुगर आदीको परिक्षण गरिएको थियो ।
उक्त स्वास्थ्य शिविरमा ललितपुर महानगरपालिका, आँखा स्याहार केन्द्र, संझना ल्याबेरेटरी र कन्या आदर्श निकेतन मा.वि. सहयोग साझेदार रहेका थिए ।
बृहद स्वास्थ्य शिविर समापन पश्चात ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले शिविरबाट बढि भन्दा बढि मानिसहरु लाभान्वित भएको प्रतिक्रिया दिदै ललितपुर चेम्बर र मातहतका महिला एवं युथ चेम्बरले आगामी दिनमा पनि यसरी नै स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नूभयो ।
