
१७ फागुन,काठमाडौं-भारतीय आयल कर्पोरेशन आइओसीले इन्धनको नयाँ मूल्य सूची सार्वजनिक गरेको छ। नयाँ मूल्य सूची सार्वजनिक गरेको भारतीय आयल कर्पोरेशन आइओसीले ग्यासबाहेकका सबै इन्धनको मूल्य घटाएर पठाएको छ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर एक रुपैयाँ २१ पैसा र डिजेल प्रतिलिटर पाँच रुपैयाँले घटेर आएको छ भने मट्टितेल प्रतिलिटर तीन रुपैयाँ ४० पैसा र हवाई इन्धन पाँच रुपैयाँले घटेर आएको छ।यसैगरीएलपिजी ग्यास भने प्रतिसिलिन्डर तीन सय ४९ रुपैयाँले वृद्धि भएको छ।
भारतबाट इन्धनको मूल्य घटेर आए पनि नेपाल आयल निगमले स्थानीय बजारमा भने मूल्य यथावत राख्ने भएको छ।
