Fast Nepal News

नेपाली वायुसेवालाई युरोपेली युनियनले लगाएको पावन्दी हटाउन पहल गर्न चेम्बरको आग्रह

banner single news

 

काठमाडौं, २८ कार्तिक- नेपाल चेम्बर अफ कमर्शले नेपाली वायुसेवालाई युरोपेली युनियनबाट लागेको पावन्दी हटाउन पहल गर्न वेल्जीयमका लागि नवनियुक्त राजदूत गेहेन्द्र राजभण्डारीलाई आग्रह गरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ तथा चेम्वरका पदाधिकारी वीचको भेटका क्रममा विहिबार भएको छलफलमा चेम्बर पदाधिकारीकारीहरुले सो कुरा राखेका हुन । छलफलका क्रममा राजदूत राजभण्डारीले युरोपेली आयोगबाट नेपाली वायुसेवालाइ लगाइ आएको कालो सूचीमा राखेकामा सो हटाउन आफुले प्राथमिकता दिने बताए । साथै उनले नेपाल र वेल्जीयम बीच पर्यटन, लगानी तथा व्यापारको क्षेत्रमा योगदान महत्वपूर्ण हुन सक्ने बताए । उनले आफ्नो कार्यकालमा द्धिपक्षीय व्यापार सहजीकरण, नेपालको निकासी अभिवृद्धि तथा पर्यटन प्रवद्र्धन गर्ने तर्फ पहल गर्ने उल्लेख गरे । नेपाल तथा वेल्जीयम बीच राज्यस्तरसँगसंगै निजी क्षेत्रहरु वीच समन्वय कायम गरी आर्थिक सम्वन्धलाइ सबल एवम सुदृढ बनाउने तर्फ प्रयाश गरिने पनि उनले बताए । यसका लागि नेपाली उत्पादकहरुको उत्पादनको दायरा फराकिलो हुनुपर्ने साथै निकासी हुने बस्तुको गुणस्तर तथा प्याकेजिङमा सुधार गर्नु पर्नेमा राजदुत राजभण्डारीले जोड दिए ।

Inside Article Ads

सो अबसरमा नेपाल चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नव नियुक्त राजदूत राजभण्डारीको कार्यकालको सफलताको कामना गरे । चेम्बरको ७० वर्षको अवधिमा चेम्वरको गतिबिधि बारे प्रकाश पार्दै अध्यक्ष श्रेष्ठले चेम्वरले निजी क्षेत्रको बिकासको लागि लागि पर्दै आएको उल्लेख गरे । अध्यक्ष श्रेष्ठले नेपाल अल्प बिकसित मुलुक भएकोले बिकशित मुलुकहरुबाट जिएसपी सुबिधा प्राप्त गरि राखेको र एशियाका दुइ बिशाल छिमेकी भारत र चीन वीच अवस्थित भइ दुवै मुलुकबाट नेपालको उत्पादनमा कर महशुलमा छुट प्रदान गरेकोले नेपालमा लगानीको लागि उपयुक्त रहेको औल्याउदै लगानीको लागि पहल गर्न समेत राजदुत राजभण्डारीलाई आग्रह गरे । यसका साथै निजी क्षेत्र वीचको सम्वन्धलाइ सुदृढ गर्न त्यहाँको चेम्वरहरुसंग नेपाल चेम्वर समझदारी पत्रमा हस्ताक्षर गर्न तत्पर रहेको तथा नेपाली व्यवसायीहरुलाइ भिसा सहजीकरणका लागि पहल गर्न अनुरोध गरे । नेपालमा उच्चकोटीका खानीहरु रहेको र वेल्जीयमसँग पत्थर कटीङ तथा फिनिसिङ गर्ने उच्च प्रबिधि रहेकाले यस तर्फ प्रबिधि हस्तान्तरणको लागि पहल गर्न र चेम्वरको संजाललाइ उपयोग गरी मेला, तथा द्धिपक्षीय व्यवसायी प्रतिनिधि मण्डल आदान प्रदान गरी व्यापार प्रवद्र्धनको लागि पनि पहलकदमी चाल्न आग्रह गरे ।
यसका साथै दुइ मुलुक वीच बि टु वी सम्वन्ध बिस्तारको लागि नेपाल चेम्वर अफ कमर्स सहकार्य गर्न तत्पर रहेको बताए । छलफलमा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा उपाध्यक्ष द्धय कमलेश कुमार अग्रवाल तथा दीपक कुमार मलहोत्रा समेतको उपस्थिती रहेको थियो ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.