
११ फागुन,काठमाडौं-फागुन ८ गते त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधन भएपछि त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले शुक्रबार शोक विदा दिने निर्णय गरेको छ ।
बुधबार बसेको कार्यकारी परिषद्को बैठकले त्रिवि सेवा आयोगका पूर्व अध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको निधनको शोक विदा दिने निर्णय गरेको हो ।
