Fast Nepal News

पोखरामा करिब ४५ जना सवार बस दुर्घटना

banner single news

७  फागुन, पोखरा-पोखराको बेगनास पोखरा सडकखण्डमा बस दुर्घटना भएको छ ।करिब ४५ जना सवार रहेको ग २ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकी नजिकै शिशुवा नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।दुर्घटनाका घाइतेलाई उद्धार गर्ने क्रम चलिरहेको र थप जानकारी आउन बाँकी रहेको कास्की प्रहरीले जनाएको छ ।

Inside Article Ads

बस बेगनास तालबाट पोखरातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । कास्की प्रहरीका निरीक्षक ज्ञान खड्काका अनुसार अहिले घाइतेको अवस्था एकीन भइसकेको छैन भने घाइतेको उपचारका लागि अस्पताल लगिँदै छ ।

Visited 5 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.