Fast Nepal News

कोटेश्वरमा देखियो १३ जनामा कोरोना भाईरसको संक्रमण

banner single news

साउन १८ गते कोटेश्वरको असर्फि टोलको एक किराना पसल सञ्चालक सहित चार जनामा गरिएको स्वाब संकलनमा कोरोना भाईरस पुष्टि भएपछि आसपासका घरमा बस्नेको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना देखिएको छ । दैनिक उपभोग्य सामान खरिद गर्न आएका व्यक्तिहरुमा कोरोनाभाइरस संक्रमण भेटेपछि उक्त टोल सिल गरिएको छ।

आईतबार आएको रिपोर्टमा १३ जनामा संक्रमण देखिएको र उनिहरुमध्य १० जनालाई कीर्तिपुर र टेकुस्थित अस्पतालमा आइसोलेसनमा राखिएको वडा सदस्य हिरादेवी पोखरेलले दिएको जानकारी दिनुभएको छ। तीन जनालाई भने उनीहरूकै घरमा क्वारेन्टिनमा राखिएको हो।वडाको पहलमा एक सय ४० जनाको स्वाब संकलन गरी पठाईएकोमा १३ जनाको रिपोर्ट आईसकेको र अन्यको पनि आउने क्रम जारी रहेको उहाँले बताउनुभएको छ।

Inside Article Ads
Visited 18 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.