Fast Nepal News

जस्तोसुकै परिस्थितिमा पनि बिरामीको उपचार गरिरहेका छौँ हामीले स्वास्थ्य सेवा नदिने भनेको होइन:- चिकित्सक

banner single news

२९ माघ, काठमाडौँ- शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको संसदको अन्तिम सम्बोधनमा राष्ट्रपतिको सवारीमा प्रहरी विशिष्ट हवल्दारद्वारा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक कुटिएपछि चौतर्फी आलोचना भएको छ। चिकित्सकहरुले प्रहरी जवान हवल्दारले गरेको अपमानप्रति पश्न उठाउँदै आन्दोलनमा उत्रिएपछि स्वास्थ्य सेवा अवरुद्ध भएको छ।

बिरामीको जीवनरक्षा गर्न र संविधानले प्रदान गरेको हक अधिकार सुनिश्चित गर्न तयार रहेको स्वास्थ्यकर्मी आन्दोलनमा सक्रिय भएपछि आन्दोलन नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीले आग्रह गरेको थियो। राष्ट्रपतिको सवारीमा प्रहरीले चिकित्सक कुटेर आन्दोलन गरेपछि बिरामीको सेवामा नगएको टिकाटिप्पणी भएपछि चिकित्सकहरुले जस्तोसुकै परिस्थितिमा पनि बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्ने गरेको बताएका छन्।

Inside Article Ads

चिकित्सकहरुप्रति प्रहरीले गरेको अपमानपूर्ण व्यबहार असहय भएको भन्दै चिकित्सकहरुले बिरामीको सेवामा कार्यरत रहेको स्पष्टीकरण दिएको छ।

Visited 19 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.