
काठमाडौं, कार्तिक २६ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक चेकिङ थप कडा बनाउने भएको छ। तिहार नजिकिएकाले थप प्रहरी सक्रिय बनाएको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।
तिहारमा मादक पदार्थ सेवन गरेर सवारी चलाउन सक्ने आशंकामा प्रहरीले दिउँसो पनि मापसे चेकिङ गर्ने भएको छ।
‘तिहार लक्षित थप सुरक्षा योजना लागू भइसकेको छ। त्यसलाई थप सक्रिय बनाएका छौं। अब दिउँसो पनि शंका लागेमा मापसे चेकिङ हुन्छ,’ एसएसपी ढकालले भने।
Visited 8 times, 1 visit(s) today