
२९ माघ, काठमाडौँ- काठकाे चक्रपथ तिनपिप्ले जितपुर काभ्रेस्थली साडला टाेखा चुनिखेल खण्ड अन्तर्गत काभ्रेस्थली खण्डकाे १८०० मिटर कालाेपत्र हुँने भएको छ। सडक खण्ड कालोपत्रे गर्ने साे कार्यमा काठचक्रपथका परिकल्पनाकार पूर्ब सांसद तथा पुर्ब प्रदेश भाैतिक मन्त्री रामेश्वर फुयालले उद्घाटन गर्नु भएको छ।




तारकेश्वर नगर उप प्रमुख सृजना बुर्लाकाेटि अर्याल ,तारकेश्वर नगरपालिका वडा नंम्बर २ का वडा अध्यक्ष राधाकृष्ण खडगी र पूर्ब वडाअध्यक्ष रबिन्द्र केसी लगायत आम उपभाेक्ता ले समेत अनुगमन र निरिक्षण गरिरहेको उक्त सडकखण्डको पिच कार्यकाे बाँकी खण्ड तीन पिप्ले फेदि,काभ्रेस्थली मालुङ खण्ड निरन्तरताकाे लागि अघि बढिरहेको नगर उपप्रमुखले बताउँदै पिच गर्न बाँकी रहेको क्षेत्रमा पिच गर्नेसमेत प्रतिबद्धता व्यक्त गर्नुभयाे।
