Fast Nepal News

साल्ट ट्रेडिङद्वारा आयोजित कृषि संगोष्ठीलाई लिपिबद्ध गरिएको पुस्तक सार्वजनिक

banner single news

 

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा गत बर्षको चैत्र २४ देखी २६ गरि ३ दिनसम्म आयोजित ’नेपालको प्रमुख कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्रको राष्ट्रिय सारांश बिषयक संगोष्ठी कार्यक्रम’ को सारलाई लिपिबद्ध गरिएको पुस्तक सार्वजनिक गरिएको छ । कर्पोरेशनको केन्द्रिय कार्यालयमा शुक्रबार माघ २७ गते एक कार्यक्रमको आयोजना गरि उक्त पुस्तक सार्वजनिक गरिएको हो । ‘प्रोसिडिङ अफ द नेशनल सिनोप्सिस अन मेजर एग्रिकल्चर इन्पुटस् एण्ड सब्सिडी मेकानिजम इन नेपाल’ शिर्षक रहेको उक्त पुस्तक कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्मासहित कर्पोरेशनका संचालकद्व्य प्रदिपलाल श्रेष्ठ एवम् नारायणदास मानन्धर, कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, नेपाल सरकारका सहसचिव डा. राजेन्द्र प्रसाद मिश्र, राष्ट्रिय माटो वि ज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीप्रसाद बिष्टले संयुक्त रुपमा गर्नुभएको थियो ।

पुस्तक विमोचन पस्चात कार्यक्रमलाई संबोधन गर्नुहुँदै कृषि सचिव शर्माले पुस्तक कृषि क्षेत्रको समग्र विकासमा कोशेढुङ्गा सावित बन्ने जिकिर गर्नुहुँदै संगोष्ठीलाई समष्टिमा पुस्तकमा समेटिएकाले कृषि क्षेत्र सम्बद्ध र योजनाविद् एवम अनुसन्धानधाता आदीका लागि उपयोगी हुने राय पेश गर्नुभयो । साथै, उहाँले देशको कृषि उत्पादनलाई बढवा दिने सन्दर्भमा कर्पोरेशनको भूमिका

सो अवसरमा कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले उक्त पुस्तक प्रमुख कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्रको राष्ट्रिय सारांश बिषयक संगोष्ठी कार्यक्रमको विवरणात्मक पुस्तिका रहेको उल्लेख गर्नुहुँदै त्यसमा देशको माटो, उब्जनीका लागि माटोको खुराक, अन्य आवश्यकता, उपलब्धी र देशको भबिष्य बारे वस्तुत चित्रण गरिएको हुँदा सामाग्रीले राष्ट्रको कृषि उत्थानका लागि मार्गदर्शक हुने बताउनुभयो ।

Inside Article Ads

कार्यक्रममा कृषि मन्त्रालयका सहसचिव डा. राजेन्द्र प्रसाद मिश्र र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डा. श्रीप्रसाद बिष्टले पुस्तक बारे चर्चा गर्नुहुँदै राष्ट्रलाई कृषिमा आत्मनिर्भर बनाउने उदेश्यप्राप्तीमा पुस्तकबाट उपलब्धी हासिल गर्न सहायक रहने आशय व्यक्त गर्नुभयो ।

उक्त पुस्तकमा संगोष्ठीमा नेपाली एवम् भारतिय कृषि वैज्ञानिक र विज्ञहरुले विभिन्न १२ शिर्षकमा प्रस्तुत गरेको बिषय सामाग्री रहेका छन् । नेपाल सरकार कृषि मन्त्रालयको प्राविधिक सहयोगमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आयोजना गरेको संगोष्ठीमा इण्डियन पोटास लिमिटेड सहकार्य साझेदार रहेको थियो ।

आम किसानलाई उपलब्ध कृषि सामाग्री सहि रुपमा प्रयोग गरि उत्पादन एवम् उत्पादकत्व बढाउन सहयोग पुर्याउने ध्येयले उक्त पुस्तक प्रकाशनमा ल्याईएको कर्पोरेशनले जनाएको छ ।

Visited 27 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.