Fast Nepal News

शिक्षण शुल्क वृद्धि गरेको भन्दै चक्रवर्ती ल कलेजका विद्यार्थीद्वारा आन्दोलन

banner single news

२६ माघ,काठमाडौँ– चक्रवर्ती ल कलेजका विद्यार्थीले शिक्षण शुल्क वृद्धि गरेको भन्दै शुल्क कम गर्न दबाब दिँदै आज काठमाडौँ दिल्लीबजारमा आन्दोलन गरेका छन्। बिहीबार काठमाडौँको माइतीघरमा भेला भई उनीहरूले आफूहरूबाट अनुचित महँगो शुल्क लिए पनि कुनै सुविधा नपाएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

Inside Article Ads

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ‘विद्यार्थीमाथि दमन गर्न पाइँदैन, विद्यार्थीलाई लुट्न पाइँदैन’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । कलेजले १० लाख ७० हजार फी लिएपछि त्यहीअनुसार सेवासुविधा दिनुपर्ने वा फी घटाउनुपर्ने माग राख्दा कलेजले निष्कासन गर्ने धम्की दिएको विद्यार्थीको भनाइ छ ।

Visited 14 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.