
२५ माघ, काठमाडौँ अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरले नेपालका अर्थमन्त्री विष्णु पौडेललाई भेटवार्ता गर्नुभएको छ।
उच्चस्तरीय भम्रणमा रहेकी उनले अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गर्दै एमसीसी कार्यान्वयन गर्न समेत अर्थमन्त्रीलाई आग्रह गर्नुभएको हो। २ दिने नेपाल भ्रमणमा मंगलबार काठमाडौं आइपुग्नुभएका सामन्थाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेवार्ता गरी स्वदेश फर्किने कार्यक्रम रहेको छ ।अमेरिका फर्किनुअघि साँझ ५ बजे उनले पत्रकार सम्मेलन गर्ने भएको अमेरिकी दूतावासले जनाएको छ।
