Fast Nepal News

भूकम्पले टर्की र सिरियामा मृत्यु हुनेको संख्या ३८०० नाघ्यो

१२ हजारभन्दा बढी घाइते ।भूकम्पपछि उद्धार कार्यलाई तीव्रता दिनका लागि अन्तर्राष्ट्रिय उद्धारकर्मी टर्की पुग्ने क्रम जारी छ ।

banner single news

२४ माघ, काठमाडौं ।
बीबीसीका अनुसार, टर्कीको गाजी एन्टेप सहर नजिक केन्द्र बनाएर सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३८०० नाघेको छ ।
उक्त भूकम्पमा घाइतेको संख्या १२ हजारभन्दा बढी रहेको जनाएको छ । भूकम्पका कारण टर्कीसँगै सिरियामा पनि धेरै नागरिकले ज्यान गुमाएका छन् । दुवै देशमा मृत्यु हुनेको संख्या चार हजार नजिक पुगेको छ ।

सिरियामा केही राष्ट्रहरूले प्रतिबन्ध लगाएका कारण उद्धार तथा सहायता पुग्न ढिलाइ भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले खबर लेखेका छन् ।

Inside Article Ads

अलजजिराले टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै २ हजार ३१६ जनाको मृत्यु भएको उल्लेख गरेको छ । सिरियाली अधिकारीहरूले १ हजार ४४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.