Fast Nepal News

आत्मदाह र आत्महत्या जस्ता घटनालाई न्यूनीकरणका लागि उच्चस्तरीय छानबिन समितिको गठन गर्नुपर्छ:-स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंह

banner single news

१८ माघ, काठमाडौँ-आज प्रतिनिधिसभाको बैठक बसेको छ। प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले देशमा बढ्दै गएको आत्मदाह र आत्महत्या जस्ता घटना समाजमा घटिरहेको विषयप्रति सरकारले गम्भीर रूपमा सोचेर घटनाको न्यूनीकरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

घटनालाई न्यूनीकरणका लागि उच्चस्तरीय छानबिन समितिको गठनका लागि माग गर्दै सिंहले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्नुभएको छ। ‘देशको विभिन्न भागमा नागरिकहरुले आत्मदाह गरेको देखिन्छ । आत्महत्या गरेको देखिन्छ । के कारणले आम नागरिकमा आत्दाह गर्ने आत्महत्या गर्ने बाध्यता आइपरेको छ ? त्यसको लागि एउटा उच्चस्तरीय छानबिन समिति गठन होस्,’ भन्दै सिंहले सरकारको ध्यानाकर्षण गराउनुभएको हो।

Inside Article Ads
Visited 8 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.