Fast Nepal News

ग्लोबल एनुअल फिएस्टा २०२३ सम्पन्न

banner single news

काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनलको आयोजनामा ग्लोबल एनुअल फिएस्टा २०२३ सम्पन्न भएको छ । वानेश्वर स्थित कलेज प्रांगणमा सोमबार समापन कार्यक्रम आयोजना गरि फिएस्टा सम्पन्न गरिएको हो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. पुस्कर बज्राचार्य र संघिय संसद सदस्य सोबिता गौतमले विभिन्न विधाका विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा हास्य कलाकार सुवोध गौतमले प्रहसन प्रस्तुत गर्नुभएको थियो ।

पुरस्कार वितरण पस्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रा. डा. बज्राचार्यले शैक्षिक क्षेत्रमा गर्विलो पहिचान बनाउन सफल ग्लोबल कलेज इन्टरनेशनबाट आयोजित ग्लोबल एनुअल फिएस्टा कार्यक्रमले विद्यार्थीहरुको ब्रित्ती विकास टेवा पुग्ने विश्वास लिएको बताउनुभयो ।

त्यसैगरि, संघिय सांसद गौतमले हरेक मानिस भित्र प्रतिभा लुकेर रहने बताउनुहुँदै स्वयमले आफु भित्र अन्तर्निहित प्रतिभा चिन्न सक्नुपर्ने उल्लेख गर्नुभयो । जीवन आफुसँग मात्र सिमित नरही घरपरिवार समाजसँग पनि जोडिने हुँदा सबैका लागि हुने गरि काम गर्नुपर्ने र असल मार्गमा हिंडनुपर्नेमा उहाँले जोड दिदै भन्नुभयो ‘सोच अनुसार काम गर्नुपर्छ । जित होला नहोला तर हार मान्नु हुँदैन । आँखामा आशु, सपना कि निन्द्रा अटाउने हुँदा ओजिलो सपना सजाएर राख्नुपर्‘ ।

Inside Article Ads

प्रोफोसनल एजुकेटर्स लिमिटेडका संचालक समितिका पधाधिकारीहरु डा. देवराज पनेरु, नवराज भण्डारी, धर्मराज ओझा एवम् अम्बादत्त जोशी लगायत अन्य सदस्यहरु, ग्लोबल कलेज इन्टरनेशल का प्रिन्सिपल डा. सुवाश श्रेष्ठ, समेत उपस्तितिले कार्यक्रमको गरिमामयलाई अझ उचाईमा पुरायो कार्यक्रममा विद्यार्थीहरुले नाच लगायतका प्रस्तुती पस्कनुभएको थियो ।

Visited 15 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.