
१५ माघ, काठमाडौँ- उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको आयोजनामा काठमाडौँ महानगरपालिका विरूद्ध माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

प्रदर्शनमा सहभागीहरूले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नाराको सहित स्थानीयले महानगरपालिकाको विरोधमा उत्रिएका थिए।

उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका नेता सुमन सायमीले प्रदर्शनमा सहभागी हुँदै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह पहिलेका शासक भन्दा पनि निरंकुश भएको टिप्पणी गर्नुभएको छ। बालेनले जनताले दिएको अख्तियारीको दुरुपयोग गरी जनताको सम्पत्तिमाथि डोजर चलाएको भन्दै नेता सायमीले बालेन पहिलेको शासक भन्दा पनि निरकुंश भएको आरोप लगाउनुभएको हो।।
