
१५ माघ, काठमाडौँ- उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको आयोजनामा काठमाडौँ महानगरपालिका विरूद्ध माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
काठमाडौंका विभिन्न ठाउँका बासिन्दाले आइतबार माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नाराको सहित स्थानीयले महानगरपालिकाको कार्यविरूद्ध प्रदर्शन गरेका छन्।
