Fast Nepal News

श्रमिक नेपालीहरुको हकहितको लागि निरन्तर कृयाशिल छौ : राजदुत पौडेल

banner single news
मलेसिया,क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजनामा मलेसियाको क्वालालम्पुरमा चौथो ईन्टरनेशनल सोसियल अर्वाड सम्पन्न भएको छ । मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यतामा ल भएको कार्यक्रममा विभिन्न विधामा अर्वाड प्रदान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मलेसियाका लागि नेपाली राजदुत पौडेलले श्रमिक नेपालीहरुको हकहितको लागि निरन्तर कृयाशिल रहको बताए । उनले मलेसियामा रहेका सबैं नेपालीको सुखदुखमा राजदूतावास सधैं साथमा रहेको बताए । गैरकानुनी ढंगले मलेसिया बसिरहेका र समस्यामा परेका हजारौं नेपालीहरुलाई उद्धार गरिरहेको स्मरण गर्दै राजदुत पौडेलले रोजगारीमा मलेसिया आउँदा सबैंकुरा बुझेर मात्रैं आउन अनुरोध गरे । मलेसियामा रहेका हरेक नेपालीको समस्या समाधानको निम्ती दुतावासले पहल गरिरहेको उनले प्रष्ट पारे । कार्यक्रममा बिशिष्ट अतिथि गैर आवासिय नेपाली संघ एनआरएनए आईसिसिका केन्द्रीय सचिव एबं ईन्टरनेशनल सोसियल अर्वाडबाट सम्मानित खगेन्द्र न्यौपानेले प्रवासमा रहेका नेपालीहरुको हकहितको निम्ती व्यक्तिगत र सँस्थागत रुपमा क्रियाशिल रहेको जनाउदै बिदेशमा समस्यामा परेका नेपालीहरुको उद्धार, राहत तथा सहयोगमा आफु निरन्तर सक्रिय रहेको बताए ।
सचिव न्यौपानेले प्रवासमा कमाएको रकम नेपालमा लगानी गर्न सबै विदेशमा रहेका नेपालीहरुलाई आव्हान गर्दै देश विकाशमा बिदेशमा रहेका नेपालीहरुको ठुलो योगदान रहेको बताए । कार्यक्रममा बिशिष्ट अतिथि गैर आवासिय नेपाली सघ एनआरएनए आईसिसिका मध्यपूर्व संयोजक एबं कोभिड हिरो अर्वाडबाट सम्मानित मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ ले अर्वाडले सामाजिक क्षेत्रमा क्रियाशिल हुन उर्जा थपेको बताए । लामो समयदेखी प्रवासमा रहेर प्रवासी नेपालीहरुको हकहितका निम्ती क्रियाशिल गोर्खालीले कोभिडको समयमा महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।
क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीले सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान स्वरुप अवार्ड कार्यक्रम गरिएको क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीका अध्यक्ष सुनिल खड्काले बताए । अवार्ड कार्यक्रम भव्य रुपमा सम्पन्न गर्ने सम्पूर्णलाई अध्यक्ष खड्काले धन्यवाद ज्ञापन गरे । यस बर्ष जिरो माईल (रिमिक्स धमाका) सँगको सहकार्यमा संयुक्त रुपमा कार्यक्रम गरिएको हो ।
अर्वाड कार्यक्रम पछी भव्य सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा चर्चित कलाकारहरू आनन्द कार्की, प्रीति आले, खेम सेन्चुरि, जेनिस उप्रेती, अञ्जली अधिकारी, प्रीति पासवान,रमेश दुलाल कागेसहितको भव्य सास्कृतिक प्रस्तुति पनि रहेको थियो । कार्यक्रममा गैर आवासिय नेपाली संघ एनआरएनए आईसिसि सदस्य एबं मलेसियाका लागि पर्यटन सदभावना दूत नन्दबहादुर क्षेत्री’नेत्र’ , गैर आवासिय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा, जनसवाल राष्ट्रिय दैनिकका संपादक रामजी बगाले,बरिष्ठ लेखक सामाजिक व्यक्तित्व रामकुमार बिष्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, नेपाली जनप्रगतिशिल मंच मलेसियाका अध्यक्ष प्रेम पाण्डे,जिरो माईलका अध्यक्ष, तथा गैर आवासिय नेपाली सघ एनआरएनए स्पोर्टस एकेडमीका मेनेजर राजेश श्रेष्ठलगाएतका अतिथिहरुको उपस्थिती रहेको थियो । यस्तै कार्यक्रममा गैर आवासिय नेपाली संघ एनआरएनए मलेसियाका उपाध्यक्ष राकेशप्रसाद महतो, गैर आवासिय नेपाली संघ एनआरएनए मलेसियाका युवा संयोजक अरुण गिरी, बुद्धिजिवी तथा परोपकारी नेपाली समाज मलेसियाका अध्यक्ष शंकरप्रसाद आर्चाय लगाएतका अतिथीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा गैर आवासिय नेपाली संघ एनआरएनए आईसिसि सदस्य एबं मलेसियाका लागि पर्यटन सदभावना दूत नन्दबहादुर क्षेत्री’नेत्र’ , गैर आवासिय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा,गैर आवासिय नेपाली संघ एनआरएनए मलेसियाका उपाध्यक्ष राकेशप्रसाद महतो, जनसवाल राष्ट्रिय दैनिकका संपादक रामजी बगाले,बरिष्ठ लेखक सामाजिक व्यक्तित्व रामकुमार बिष्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, नेपाली जनप्रगतिशिल मंच मलेसियाका अध्यक्ष प्रेम पाण्डे,जिरो माईलका अध्यक्ष, तथा गैर आवासिय नेपाली सघ एनआरएनए स्पोर्टस एकेडमीका मेनेजर राजेश श्रेष्ठ, गैर आवासिय नेपाली संघ एनआरएनए मलेसिया का युवा संयोजक अरुण गिरी, बुद्धिजिवी तथा परोपकारी नेपाली समाज मलेसियाका अध्यक्ष शंकरप्रसाद आर्चाय लगाएतका ब्यक्तित्वहरुलाई मलेसियाका लागी नेपाली राजदुत पौडेलले अवार्ड र सम्मानपत्रले सम्मान गरेका थिए । कार्यक्रममा सम्मानित ब्यक्तित्वहरुले यो सम्मानबाट अझै थप केही गर्ने प्रेरणा जागेको बताएका थिए ।

Inside Article Ads
Visited 10 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.