Fast Nepal News

काठमाडौँ महानगरपालिकाको ज्यादती विरुद्ध उपत्यका व्यापि सडक विस्तार पिडित संघर्ष समितिले आईतवार खबरदारी सभा गर्ने

banner single news

१४ माघ, काठमाडौँ-निजी सम्पत्ति विरुद्ध काठमाडौँका मेयर बालेन शाहले शंखमूल क्षेत्रको एक निजी आवासमा डोजर चलाएपछि काठमाडौँ महानगरपालिकाको कदम विरूद्ध सर्वत्र आलोचना भएको छ ।

निजी सम्पत्ति विरुद्ध अन्याय गरेको भन्दै क्षेत्राधिकार विपरीत कार्य गरेको भन्दै उपत्यका व्यापि सडक विस्तार पिडित संघर्ष समितिले आईतवार खबरदारी सभा गर्ने भएको छ। स्थानीय निर्वाचनमा मेयर पदको उम्मेदवारी दिनुभएका काठमाडौँ उपत्यका व्यापि सडक विस्तार पिडित संघर्ष समितिको अध्यक्ष समेत रहेका सुमन सायमीले काठमाडौँ महानगरपालिकाले गरेको ज्यादती विरुद्ध खबरदारी सभा गर्ने बताउनुभएको हो।

Inside Article Ads

सायमीका अनुसार भोली दिउँसो २ बजे काठमाडौँ महानगरपालिका ज्यादती विरुद्ध उपत्यका व्यापि सडक विस्तार पिडित संघर्ष समितिको संयोजकत्वमा खबरदारी सभा हुनेछ।

Visited 40 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.