
१३ माघ, काठमाडौँ -स्वास्थ तथा जनसंख्या राज्यमन्त्री डां तोसिमा कार्कीले आत्मदाह गरी आईसीयूमा रहेका प्रेमप्रसाद आचार्यसँग गरिएको कुराकानीमा आधारित भिडियो सामाजिक सञ्जालमा प्रकाशित भएको थियो।
सामाजिक सञ्जालमा आईसीयूमा आत्मदाहको प्रयास गरी जलेका प्रेमप्रसाद आचार्यसँग भएको संवादको भिडियो सार्वजनिक रूपमा सर्वत्र प्रकाशित भएपछि आईसीयू कक्षमा असंवेदनशीलता अपनाएको भन्दै आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डां तोसिमा कार्कीले स्पष्टीकरण दिनुभएको छ।
स्पष्टीकरण दिनुहुदै डां कार्कीले आईसीयूमा आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यसँग संवाद गरेको र भिडियो कसले खिचेर सार्वजनिक गरेको हो भन्ने विषयमा आफू अनविज्ञ रहेको बताउँदै अस्पतालको आईसीयू जस्तो संवेदनशील क्षेत्रमा यस प्रकारको असंवेदनशील गतिविधि गर्न नहुने धारणा व्यक्त गर्दै आफूले भेट्न गएको तर कुनै भिडियो नखिचेको र भिडियो खिच्ने मिडिया र नागरिकले डाक्टर, पिडित व्यक्तिको परिवार, अस्पताल प्रशासनसँग अनुमति लिएर काम गर्नुपर्ने र सोही अनुमति विपरीत काम भएको स्पष्टीकरण दिदै सबै व्यक्तिले अस्पतालको आईसीयू जस्तो संवेदनशील क्षेत्रमा यस किसिमको गतिविधि नगर्न पनि आग्रह गर्नुभयो।
