Fast Nepal News

संसद् भवनअगाडि मंगलबार आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन

banner single news

११ माघ, काठमाडौँ संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ। बर्न अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको निधनको पुष्टि गरेका डां किरण नकर्मीले जानकारी दिनुभयो।

आफैँलाई आगो लगाउनुअघि आचार्यले फेसबुकमा लामो स्टाटस लेख्नुभएको थियो। आफूले गरेको व्यवसाय र कर्मबाट केही उपलब्धि हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा र रोजगारीका लागि विदेश जाँदा आफू ठगिएको, लुटिएको उनको गुनासो थियो। अन्तिममा डिप्रेसनले सताउँदा समेत कसैको साथ नपाएको भन्दै उनले मृत्युको बाटो रोजेको बताएका थिए।

Inside Article Ads

संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधनप्रति सरकारले आफ्नो त्रुटिहरूको गम्भीर समीक्षा गर्दै संविधानले प्रदान गरेको नागरिकको जीवनक्षा र हक अधिकार सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिनु अति नै आवश्यक छ।

Visited 1 times, 1 visit(s) today
Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.