Fast Nepal News

प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा गजुरेल नियुक्त

banner single news

९ माघ, काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख सल्लाहकारमा नियुक्त गरेका छन् ।

उनले आफू प्रमुख सल्लाहकारमा नियुक्त भएको बताए । प्रधानमन्त्री प्रचण्डले गजुरेलाई यसअघि नै प्रमुख राजनीतिक सल्लाहकार बनाउने प्रस्ताव गरेका थिए ।

गजुरेल सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहन्थे । तर, उनको ठाउँमा युवा नेता लेखनाथ दाहालले टिकट पाएर निर्वाचित भएका थिए ।

Inside Article Ads

आफूले टिकट नपाएकोमा असन्तुष्टि जनाउँदै गजुरेलले असहमति पत्र समेत माओवादी पार्टी कार्यालयमा बुझाएका थिए ।

त्यसलाई बुझेर प्रधानमन्त्री प्रचण्डले आफूलाई सहयोग गर्ने जिम्मेवारी लिन गजुरेलसँग आग्रह गरेका थिए । गजुरेल माओवादीभित्र प्रचण्डका आलोचक र समर्थक दुवै मानिन्छन्।

Above Samachar
यो पनि पढ्नुस

प्रतिक्रिया

Your email address will not be published.